बक्सिङ सुरु

ललितपुर जिल्ला बक्सिङ सं३को आयोजनामा यहि मिति २०७३ भाद्र ७ गते देखि ११ गते सम्म संचालन भईरहेको चौथो राष्ट्रब्यापी तथा प्रथम नोभिस बक्सिङ प्रतियोगिताको समुद्घाटन प्रमख अतिथि पूर्व प्रधान सेनापति रुकमांगत कटुवालज्यूबाट भएको छ । उक्त प्रतियोगितामा नेपालका विभिन्न जिल्ला तथा क्लबहरुबाट २९२ खेलाडीहरु, प्रशिक्षक तथा टिम ब्यवस्थापक गरी जम्मा ४५० जनाको सहभागिता रहेको थियो । आज भएको ५१ वटा बाउटका नतिजा यस प्रकार रहेका छन । लाईट फलाई वेट (४६–४९) के. जी. मा कंचनपुरका भान विष्टले रोल्पाका उदय घर्तीमगरलाई अंकका आधारमा, मकवानपरका सबास घिमिरेले बाजुराका प्रदिप साउदलाई, नक्सालका देव तामाङले पाल्पाका दिल बहादर आलेलाई, मकवानपुरका बुद्ध लामाले सुर्खेतका विकासमान मानन्धरलाई, दमकका धर्मेन्द मक्खिमले दाङका हेमराज न्यौपानेलाई अंकका आाधारमा पराजित गरेका छन् ।
त्यसै गरी ५४ के.जी. मा मेघदुतका प्रदिप घिमिरेले भक्तपुरका रुपेश बाखलाई, चितवनका अमिर गरुङले बांकेका पुस्कर लामालाई अंकका आधारमा पराजित गरेका छन ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309