Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

बास्केटबलमा शेर्पाको निरन्तरता

काठमाडौं, कात्तिक २६ गते ।
नेपाल बास्केटबल संघको शुक्रबार बुढानीलकण्ठमा सम्पन्न चुनावी साधारणले लामा टेन्डी शेर्पालाई अध्यक्षमा निरन्तरता दिदै ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव समेत रहेका शेर्पा अध्यक्षमा निर्वाचित भएको यो तेश्रोपल्ट हो ।
सन् २००५ मा उपाध्यक्ष पदमा बास्केटबल संघमा प्रवेश गरेका शेर्पा २००७ को विशेष साधारणसभाबाट पहिलोपटक अध्यक्ष चुनिएका थिए । २०११ मा शेर्पा दोश्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।
शेर्पा नेतृत्वमा आएपछि बास्केटबलले गति लिन सुरु गरेको थियो । शेर्पा नेतृत्वमा आउनुअघि नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थिएन । अन्तर्राष्ट्रिय सहभागिताका रुपमा पनि नेपालले एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो । सन् २००१ मा गुवाहाटीमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाएको थियो ।
शेर्पा आएपछि २०१४ मा तेश्रो दक्षिण एसियाली पुरुष बास्केटबल तथा २०१५ मा प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता आयोजना भएको थियो । दक्षिण एसियामै पहिलोपटक भएको महिलाको उक्त प्रतियोगितामा नेपालले दोश्रो स्थान हासिल गरेको थियो ।
शेर्पाले नेतृत्व सम्हालेदेखि अन्तर्राष्ट्रिय सहभागितामा पनि व्यापक बृद्धि भएको छ । २००९ मा सिंगापुरमा भएको युथ एसियन गेम्स, २०१० मा भियतनाममा भएको इन्डोर एसियन गेम्स, २०१३ मा श्रीलंकामा भएको दक्षिण एसियाली बिच गेम्स तथा २०१४ मा दक्षिण कोरियामा भएको १७ औं एसियाली खेलकुद, थाइल्यान्डको फुकेटमा भएको एसियाली बिच गेम्स र कतारमा भएको एसियाली थ्री बाइ थ्रीलगायतका प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाएको थियो । त्यस्तै २००९ देखि विभिन्न देशमा भएका फिबा च्यालेन्ज र फिबा एसिया क्वालिफाइङमा पनि नेपाल निरन्तर सहभागी हुँदै आएको छ ।
केन्द्रीय कार्यसमितिमा होमबहादुर दोङ वरिष्ठ उपाध्यक्ष तथा सोमबहादुर राई उपाध्यक्षमा चुनिए । अघिल्लो कार्यसमितिमा उपाध्यक्ष रहेका नरेन्द्र थापाले महासचिव, फनिन्द्रमान श्रेष्ठले सचिव र विष्णुहरि त्रिपाठीले कोषाध्यक्षको जिम्मेवारी पाए । पवनकुमार थापा, राजकुमार महर्जन, निरञ्जन सत्याल, बसन्तराज गिरी र सरोजा कोइराला सदस्यमा चयन भए ।
बास्केटबल संघको शुक्रबार बसेको बैठकले भीमसिं गुरुङ, जुम गुरुङ र सुरज लामालाई उपाध्यक्षमा मनोनित गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य उपेन्द्र पौडेल र एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले प्रमाणपत्र प्रदान गरेका थिए ।
यसअघि साधारणसभाको एनओसी अध्यक्ष श्रेष्ठले नै उद्घाटन गर्दै कुनैपनि संघको स्थायित्व र व्यवस्थापनका लागि साधारणसभा जरुरी भएको बताए । उनले कुनै बेला बत्ती बालेर खोज्नु पर्ने अवस्थामा पुगेको बास्केटबल संघलाई शेर्पालगायतको टिमले बास्केटबललाई आकर्षणको केन्द्र बनाउन सफल भएको धारणा व्यक्त गरे ।
साधारणसभामा विभिन्न १६ जिल्लाबाट २ का दरले ३२ तथा केन्द्रका १३ गरी ४५ प्रतिनिधिको उपस्थिति रहेको राखेपबाट खटिएको निर्वाचन टोलीले जनाएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464