बास्केटबल टोली सर्विया जाने
सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिप २०२२ मा सहभागी हुन नेपाली बास्केटबल टोली त्यस तर्फ प्रस्थान गर्ने भएको छ ।
नेपाली टोलीलाई आईतबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरे । विदाई कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले अध्ययनका साथ साथै खेललाई पनि अगाडी बढाई रहेकोमा खेलाडी प्रति कृतज्ञ हुँदै स्कुल र कलेजमा खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनु पर्ने र आफु त्यसका लागि लागि पर्ने बताए । प्रतियोगितामा उत्कृष्टताका लागि बैदेशिक भ्रमण फलदायी हुने भन्दै विभिन्न देशका खेलाडीहरुसंग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीहरुको क्षमतामा बृद्धि हुनेमा आफु बिश्वस्त रहेको बताए ।
जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने जाने टोलीको टिम प्रशिक्षकमा सदिश प्रधान रहेका छन् । यस्तै खेलाडीहरुमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् । अफिसियलमा भुपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका छन् ।
प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ मा हुने कार्यक्रम रहेको छ ।
बिदाई कार्यक्रममा नेपाल स्कुल स्पोर्टस् महासंघका उपाध्यक्ष मोहन कुमार कार्की, आईएसएफ कार्यकारी समितिका सदस्य, प्राविधिक कमिसनका अध्यक्ष एवं नेपाल स्कुल स्पोर्टस् महासंघका सचिव राजकुमार कार्कीको उपस्थिती रहेको थियो ।
फेसबुक प्रतिक्रिया