बिच भलिबल टोलीलाई सदस्य–सचिवको बधाइ
बंगलादेशको कोक्स बजारमा भएको एभीसी सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बधाइ दिएका छन् ।
सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिएका हुन् ।
नेपालको पुरुष÷महिला दुवै टोलीले प्रतियोगितामा रजत पदक जितेको थियो । पुरुषमा मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा कोपिला उप्रेती र कमला पुनको जोडी सहभागी थिए । प्रतियोगिता गत शुक्रबार सम्पन्न भएको थियो ।
फेसबुक प्रतिक्रिया