बिष्टद्धारा २५ लाखको खेलकुद सामग्री प्रदान
किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलाडीहरुलाई करीव २५ लाख रुपैया बराबरको खेलकुद सामग्री प्रदान गरे ।
उनले चार सय थान तेक्वान्दो डे«स, ६४ सेट तेक्वान्दो म्याट, १० पिस चेष्ट प्याड, २० थान तेक्वान्दो प्याड, १०० थान फुटवल र २० थान भलिबल सुदूरपश्चिमका नौ जिल्लाका खेलकुद विकास समितिका प्रमुख तथा खेलाडीहरुलाई प्रदान गरे ।
बिष्टले वल्र्ड तेक्वान्दो फेडरेशनका एडभाईजर चे, चाईल्ड रिच अर्गनाईजर, सुदूरपश्चिम समाज अष्टे«लियाका अध्यक्ष केशव जोशी, स्पोटर्स युनिभर्स काठमाण्डौं, पर्यटनकर्मी अमर शाही, कृष्ण बहादुर महरा, सञ्जय चौधरी र क्याप्टेन बेद उप्रेतीबाट प्राप्त सहयोगमा खेलकुद सामग्री वितरण गरिएको बताए ।
राखेपका सदस्य सचिव बिष्टले सरकारले सहयोग गर्न नसकेको अवस्थामा तेक्वान्दो खेलाडी दीपक बिष्टले गरेको सहयोगले खेलकुद सामग्रीको अभावमा खेल गतिबिधि र अभ्यास गर्न नपाएका खेलाडीहरुलाई निकै सहज हुने विश्वास व्यक्त गरे ।
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राखेपका सदस्य एकिन्द्र कुँवरले समेत मन्तव्य व्यक्त गरेका थिए ।
फेसबुक प्रतिक्रिया