बुद्धिचाल इलामको साटो धनकुटामा

पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचाल पूर्व निर्धारित स्थान इलाममा नभइ धनकुटामा हुने भएको छ ।
सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा आइतबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनालले जनाएका छन् ।
बैठकले नेपाल तेक्वान्दो संघबाट पुम्से विधा समावेश नगर्न अनुरोध भइ आएकाले पुम्सेलाई हटाइ गेरोगी विधामा मात्र प्रतिस्पर्धा गराउनेलगायतका निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309