बुद्धीचालमा आशिष र रुपेसको अग्रता
गोरखामा जारी बुद्धीचाल तर्फको खेलमा एनआरएनएका आशिष फुयाँलको उत्कृष्ट प्रदर्शन कायम रहेको छ । दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुरविर लामालाई हराएका आशिषले तेस्रो चरणमा नेपाल आर्मीका मिलन लामालाई हराए ।
प्रतियोगिताका शिर्ष बरियताका खेलाडी आर्मीका रुपेसको पनि ३ अङ्ंक छ । पहिलो उनले दोस्रो चरणमा प्रदेश–१ का प्रज्वल घिमिरे तथा तेस्रो चरणमा एनआरएनएका कृष्ण थापालाई हराए ।
पुलिस क्लबका क्षितिज भण्डारी र आर्मीका सजिन मर्हजनको २ दशमलव ५ अंङ्क छ । महिला तफृ आर्मीकी सुजना लोहनी ३ अङ्क सहित शिर्ष स्थानमा छिन् । यसैगरी, एनआरएनकी सुशिला गुरुङ र प्रदेश –१ का खुस्बु थापाको पनि ३ अङ्क छ । यसैगरी प्रदेश –१ की कृत्तीसरा अधिकारी र गण्डक िप्रदेशकी पुजा भण्डारीको २ दशमलव ५ अङ्क छ ।
फेसबुक प्रतिक्रिया