बेसबल टोली पाकिस्तान प्रस्थान

तेह्रौं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी हुन १६ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली मंगलबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ ।
खेलाडीहरुमा ईश्वर थापा (कप्तान), अनिल परियार, राजेश बस्नेत, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसेन, पदमसिंह पुजारा, जितबहादुर तामाङ, अचित कार्की, विनोद कोइराला, दिनेशसिंह भण्डारी, मानकुमार माइ, विमल लामिछाने, जीवन नाथ र सुवास बोहरा रहेका छन् ।
टोली नेतामा प्रदीपकुमार खत्री, व्यवस्थापकमा दीपक न्यौपाने, प्रशिक्षकमा अशोक भट्टचन र नारायण घर्ती र अम्पायरमा अभिषेक कार्की छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव गंगाबहादुर थापाले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता फेब्रुअरी २५ देखि मार्च १ तारिखसम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373