बोर्ड बैठकको निर्णय

१९औं एसियाली खेलकुदको समग्र तयारीमा जोड दिँदै महत्वपूर्ण निर्णय भएका छन् । जसअन्तर्गत हाल भइरहेका तालिमलाई चरणबद्ध रूपले विशेष र बन्द प्रशिक्षण गरिनेछ । अहिले भइरहेको विशेष प्रशिक्षणलाई तीन भागमा प्रशिक्षण पूरा भएपछि बन्द प्रशिक्षणमा राख्ने भएको छ ।
उक्त बन्द प्रशिक्षण दुई महिनासम्म सञ्चालन हुनेछन् । पदकको उच्च सम्भावना भएको खेलको हकमा भने वैदेशिक प्रशिक्षणको व्यवस्था गरिनेछ । २८ खेलको दुई सयभन्दा बढी खेलाडी सहभागी हुने गरी तयारी गरिने भएको छ । तयारी (विशेष, बन्द र वैदेशिक प्रशिक्षण) तथा सहभागिताका लागि अनुमानित २९ करोड रुपैयाँ बजेटको खाका तयार भएको छ । साथै खर्चको नम्ससमेत तयार गरिएको छ ।

एसियाली खेलकुद नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गर्ने खेलकुदमध्ये सबैभन्दा महत्वपूर्ण प्रतिस्पर्धा रहेकाले सोही अनुसार बजेटको व्यवस्थाका लागि नेपाल सरकारलाई युवा तथा खेलकुद मन्त्रालयमार्पmत बजेट उपलब्धका लागि अनुरोध गर्नेछ । परिषद्को उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309