बोस्टन म्याराथनमा धर्म

काठमाडौं, चैत १९ गते ।

धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन् । फुल म्याराथनको ४५ वर्षमाथि उमेरसमूहमा धर्मले नेपालको प्रतिनिधित्न गर्न लागेका हुन् ।

उनीसंगै प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि बोस्टन जाने छन् ।

 उनीहरुलाई डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ र गायक बुद्धवीर लामाले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली मंगलबारै बोस्टन प्रस्थान गरेको छ ।

 बोस्टन म्याराथन विश्वकै पुरानो म्याराथन मानिन्छ । अहिले हुन लागेको म्याराथन १२३ औं संस्करण हो । बोस्टन म्याराथन बैशाख २ गते हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309