Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि हुँदैछ । पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने सेमिफाइन र फाइनल खेल्ने टोलीको टुंगो शनिबार लागिसकेको छ ।
महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ । दुवै सेमिफाइनल बिहान ७ बजे खेलाइने छ ।
यस्तै पुरुष टिम इभेन्टतर्फको सेमिफाइनलमा बिहान ८ बजे भित्रुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । सेमिफाइनलको दोस्रो खेलमा एनआरएनएको टोलीले एपीएफसँग खेल्ने तालिका छ । दुवै टिम इभेन्टको फाइनल ११ बजे खेलाइने छ ।
पहिलो चरणमा के–के भयो ?
पहिलो दिनमा ब्याडमिन्टनको टिम इभेन्टतर्फ १४ खेल भएका थिए । महिला टिम इभेन्टतर्फ पहिलो चरणका खेलमा कर्णाली र बागमती, मधेस र एनआरएनए, नेपाल पुलिस क्लब र गण्डकी, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश खेलेका थिए । पहिलो चरणमा बागमतीलाई हराउँदै कर्णाली, मधेसलाई हराउँदै एनआरएनए, गण्डकीलाई हराउँदै नेपाल पुलिसले हराउँदै दोस्रो चरणमा पुग्न सफल भए । बाइ पाएका त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच भएको खेलमा आर्मी क्लब विजयी बन्दै सेमिफाइनल पुग्न सफल भयो ।
महिला टिम इभेन्टको दोस्रो चरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल भएको थियो । दोस्रो चरणको दोस्रो खेलमा एनआरएनए र प्रदेश १, तेस्रो खेलमा नेपाल पुलिस र एपीएफबीच खेल भएको थियो । दोस्रो चरणबाट सुदूरपश्चिम, प्रदेश १ र एपीएफ सेमिफाइनलमा पुग्न सके ।
पुरुष टिम इभेन्टको पहिलो चरणको पहिलो खेलमा कर्णाली र गण्डकी प्रदेश खेलेका थिए । त्यसमा जित निकाल्दै गण्डकी दोस्रो चरणमा पुगेको थियो । पहिलो चरणकै अर्को खेलमा एनआरएनएले प्रदेश १, लुम्बिनीले मधेस प्रदेशलाई हराउँदै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्न सके । दोस्रो चरणमा गण्डकी नेपाल पुलिससँग स्तब्ध बन्दा सुदूरपश्चिमलाई हराउँदै एनआरएनए सेमिफाइनल पुग्न सक्यो । यस्तै लुम्बिनीलाई हराउँदै एपीएफले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । बाइ पाएका त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको खेलमा बागमतीलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गर्यो ।
पहिलो खेलमा कर्णाली र बागमती प्रदेश भिडेका थिए । सो खेलमा कर्णालीले बागमतीलाई २–० को सेटमा हराएको थियो । कोर्ट २ मा खेलाइएको मधेस प्रदेश र एनआरएनएबीचको खेलमा एनआरएनएले २–० को सोझो सेटमा हरायो ।
महिला टिम इभेन्टतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई हरायो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464