ब्याडमिन्टन टोलीको बिदाइ

   अमेरिका र चीनमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली ब्याडमिन्टन टोलीलाई आइतबार बिदाइ गरियो । दुवै टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरे ।

        अमेरिकाको क्यालिफोर्निमा जुलाई १७ देखि २१ तारिखसम्म हुने सिलिकन भ्याली अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा साजनकृष्ण ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा लवभक्त श्रेष्ठ तथा अफिसियलमा इन्द्रबहादुर कार्की रहेका छन् । टोली सोमबार अमेरिका प्रस्थान गर्दैछ ।

        चीनको सुझावमा जुलाई २० देखि २८ तारिखसम्म हुने प्रतियोगितामा ४ खेलाडीसहित ६ सदस्यीय टोली सहभागी हुनेछ । खेलाडीमा पुरुषतर्फ प्रिन्स दाहाल र प्रफुल्ल महर्जन तथा महिलामा जेसिका गुरुङ र सीमा राजवंशीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

        टिम व्यवस्थापकमा रोहित टण्डन तथा प्रशिक्षकमा मेघराज कठायत छन् । टोली जुलाई १८ तारिखमा चीन जाने कार्यक्रम छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373