ब्याडमिन्टन टोली पुणे प्रस्थान

सुशान्त चिप्पलकट्टी इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आइतबार भारतको पुणे प्रस्थान गरेको छ ।
पुरुष खेलाडीहरुमा नवीन श्रेष्ठ, गौतम कठायत, नीरविक्रम देवकोटा, रुपेश महर्जन, सुनील जोशी, सुजन श्रेष्ठ, प्रफुल महर्जन र प्रिन्स दाहाल रहेका छन् ।
महिलामा जेशिका गुरुङ, मेघा चन्द, रसिला महर्जन र सीमा राजवंशी छन् । प्रशिक्षकमा मेघराज कठायत तथा व्यवस्थापकमा नारायण दाहाल छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । सेप्टेम्बर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले सिंगल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309