Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

ब्याडमिन्टन नेतृत्वमा रामजी

तीनपटकका सिनियर÷जुनियर पूर्व ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न ब्याडमिन्टन संघको पाँचौं साधारणसभाले अध्यक्षसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो ।
आठ उपाध्यक्षमा नरेशबहादुर सिंह, विश्वेस श्रेष्ठ, सुवास श्रेष्ठ, चन्द्रशेखर लामा, ध्रुव महर्जन, गोविन्दबहादुर स्वार, मिनबहादुर केसी तथा राजेन्द्रमान श्रेष्ठ रहेका छन् । वीरेन्द्र श्रेष्ठले महासचिव, लवभक्त श्रेष्ठले उप–महासचिव, नवीनविक्रम शाह, ज्ञानेन्द्र सिपाईं र समिरबहादुर सिंहले सचिव, दीपेन्द्रकुमार श्रेष्ठले कोषाध्यक्ष तथा अनुज बस्नेतले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।
यदुनाथ अधिकारी, रोहितकुमार टण्डन, महेन्द्रविक्रम थाम्सुहाङ, जगतबहादुर खड्का, निर्माणकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, राजु थापा, विनोद बस्नेत, ऋषिकेश श्रेष्ठ, सुमन अधिकारी, विन्दा पौडेल सिंखडा तथा हिमाल शाह सदस्यमा चयन भए ।
उदयकुमार श्रेष्ठ र जि. नारायण क्षेत्री उपाध्यक्ष तथा दीपक थापा, छविलाल शाही, सुनील श्रेष्ठ तथा जीवनसिंह कुँवर सदस्यमा मनोनित भए । ब्याडमिन्टन मुख्य प्रशिक्षक रजनीमैया जोशी पदेन सदस्यमा मनोनित भइन् ।
पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत संघ संस्था समन्वय शाखा, राखेपका प्रमुख डेमबहादुर बस्नेतले शपथ ग्रहण गराए भने राखेप सदस्य उपेन्द्र पौडेल, राखेपका पूर्व उपाध्यक्ष पीताम्बर तिम्सिनाले प्रमाण पत्र वितरण गरे । यसअघि साधारणसभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
साग पदक विजेता नगदसहित सम्मानित ः
साधारण सभाको उद्घाटन सत्रमा ब्याडमिन्टन संघले भारतमा गत फेब्रुअरीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान ग¥यो ।
सागको ब्याडमिन्टनमा नेपालले महिला स्पर्धामा दुई कांस्य जितेको थियो । महिला सिंगल्स र टिममा कांस्य हात पारेको हो ।
महिला सिंगल्समा नङशल तामाङले कांस्य जितेकी थिइन् । नङशललाई संघले ६० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान ग¥यो ।
त्यस्तै पूर्व घोषित पुरस्कार अनुसार ब्याडमिन्टन संघका सदस्य चन्द्रशेखर लामाले नङशललाई छुट्टै ५१ हजार नगद पुरस्कार प्रदान गरे । १२ औं सागको तयारीका लागि खेलाडीहरु सुनसरीको धरानमा रहेका बेला लामाले व्यक्तिगत स्पर्धामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।
महिला टिम इभेन्टमा कांस्य जितेका सात सदस्यीय टोली सरादेवी तामाङ, नङशल, शिक्षा श्रेष्ठ, अमिता गिरी, जेशिका गुरुङ, मेघा चन्द तथा अनुमाया राई नगद २५–२५ हजारसहित प्रशंसा पत्रबाट सम्मानित भए । सम्मानित हुने प्रशिक्षकमा रजनीमैया जोशी, जयन्तकुमार श्रेष्ठ र मेघराज कठायत तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरुले पनि २५–२५ हजार पाए ।
दक्षिण कोरियाको इन्चोनमा २०१४ को सेप्टेम्बर÷अक्टोबरमा सम्पन्न १७ औं एसिायली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा पाँचौं स्थान हासिल गर्न सफल रत्नजित तामाङ, विकास श्रेष्ठ, साजनकृष्ण ताम्राकार र विष्णु कटुवाललाई समान २५ हजार नगद पुरस्कार दिइयो । प्रशिक्षक रजनीमैया, सुदीप योञ्जन र किरण थापा तथा व्यवस्थापक मिन केसीलाई पनि २५ हजारका दरले पुरस्कृत गरियो ।
सिंगापुरमा २०१५ को नोभेम्बरमा भएको एसियन युथ ब्याडमिन्टन प्रतियोतिगाको जुनियर पुरुष सिंगल्स यु–१९ मा क्वाटरफाइनल पुग्न सफल दीपेश धामी २० हजार नगदसहित सम्मानित भए ।
त्यस्तै बंगलादेशको ढाकामा २०१४ को डिसेम्बरमा सम्पन्न बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज प्रतियोगिताको पुरुष सिंगल्समा क्वाटरफाइनल पुगेका रत्नजित तामाङले २० हजार नगद पुरस्कार थापे । सोही प्रतियोगितामा सोही उपलब्धी हात पारेका पुरुष डबल्समा रत्नजित र विकास श्रेष्ठ, मिक्स डबल्समा रत्नजित र सरा÷विकास र नङशल, महिला डबल्समा सरा र नङशल तथा मीना श्रेष्ठ र अमिता गिरीको जोडी १०–१० हजार नगदबाट पुरस्कृत भए ।
भूकम्प पीडितलाई आर्थिक सहयोग ः
उद्घाटनकै अवसर पारेर ब्याडमिन्टन संघले भूकम्प पीडित आफ्ना वर्तमान र पूर्व खेलाडी तथा अन्तर्राष्ट्रिय निर्णायकलाई आर्थिक सहयोग स्वरुप समान १–१ लाख रुपैयाँ हस्तान्तरण ग¥यो ।
सहयोग पाउने पूर्व खेलाडीमा उदयकुमार श्रेष्ठ र नरेशबहादुर सिंह, वर्तमान खेलाडीमा इन्द्र महता, सरादेवी र नवीन श्रेष्ठ तथा अन्तर्राष्ट्रिय निर्णायकमा ओमविक्रम राना रहेका छन् ।
भूकम्पबाट अति प्रभावित जिल्ला ब्याडमिन्टन संघहरु धादिङ, सिन्धुपाल्चोक र भक्तपुरलाई ३–३ लाख आर्थिक सहयोग उपलब्ध गराइयो ।
आफ्नै पहलमा ब्याडमिन्टन कभर्डहल बनाउन अघि सरेका भोजपुर र कास्की जिल्ला ब्याडमिन्टन संघलाई सहयोग स्वरुप १–१ लाख नगद प्रदान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेन्डी शेर्पा, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसी उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, राखेप सदस्य उपेन्द्र पौडेललगायतले खेलाडीलाई पुरस्कृत गर्नुका साथै आर्थिक सहयोग हस्तान्तरण गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464