ब्याडमिन्टन प्रशिक्षक प्रशिक्षण कोर्ष सम्पन्न

ब्याडमिन्टन एशिया महासंघको सहयोग तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा संचालित दक्षिण एशियाली क्षेत्रीय लेभल –१ प्रशिक्षक प्रशिक्षण कोर्ष बुधबार सम्पन्न भएको छ ।
दक्षिण एशियामा ब्याडमिन्टन प्रशिक्षकहरुको दक्षतामा अभिबृद्धि गर्दै स्तरिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको कोर्षमा नेपालका पाँच सहित दक्षिण एशियाका ३७ प्रशिक्षकहरुको सहभागिता रहेको थियो । कोर्षमा भारत बाहेक नेपाल, भुटान, पाकिस्तान, मालदिप्स, भुटान, श्रीलङका र अफगानिस्तानका प्रशिक्षकहरुले सहभागिता जनाएका थिए ।
दक्षिण एशियामानै पहिलो पटक सार्क राष्ट्रका प्रशिक्षक सहभागी रहेको कोर्षमा सहभागी प्रशिक्षार्थी प्रशिक्षकहरुलाई ब्याडमिन्टन एशिया बिकास अधिकृत सामबाथेनले प्रशिक्षण प्रदान गरेका थिए भने ब्याडमिन्टन एशिया महासंघका बिकास संयोजक निखिल चन्द्रधरले सामबाथेनलाई सहयोगीको भूमिका निर्वाह गरेका थिए । यस्तै नेपालका सह मुख्य प्रशिक्षक सुदीप योञ्जन र समिरबहादुर सिंकले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
फागुन २४ देखि संचालन भएको कोर्षमा सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले सहभागिताको प्रमाण पत्र प्रदान गरेका थिए ।
कोर्षमा सहभागी पाकिस्तानी प्रशिक्षकले ३५ बर्ष आफ्नो खेल जीवन र प्रशिक्षकको जिम्मेवारीमा रहेर काम गरेता पनि पहिलो पटक यो ८ दीनको प्रशिक्षणबाट निकैनै महत्वपूर्ण बिषयबस्तु सिक्न पाएकोमा नेपाल ब्याडमिन्टन संघलाई बिशेष धन्यवाद प्रदान गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309