ब्याडमिन्टन प्रशिक्षक सोलिडारिटी कोर्ष सुरु

एक जिल्ला एक ब्याडमिन्टन प्रशिक्षक भन्ने मुल नारालाई साक्षात्कार गर्न नेपाल ब्याडमिन्टन संघले ७ दिने ब्याडमिन्टन कोचिङ्ग सोलिडारिटी कोर्ष सुरु गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा चितवन जिल्ला ब्याडमिन्टन संघको ब्यवस्थापनमा संचालन भएको सोलिडारिटी कोर्षमा २९ जिल्लाका २ महिला सहित ३३ व्याडमिन्टन प्रशिक्षकको रुपमा कार्यरत रहन ईच्छुक व्यक्तिहरुले सहभागिता जनाईरहेको नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी गराएकाछन् ।
भाद्र २४ गते देखि संचालित कोर्षमा प्रशिक्षार्थी प्रशिक्षकहरुलाई लज अफ ब्याडमिन्टनका बारेमा अन्तराष्ट्रिय अम्पायर तथा राष्ट्रिय रेफ्रि लवभक्त श्रेष्ठ, प्रयोगात्मक प्रशिक्षण वरिष्ठ प्रशिक्षक उदय कुमार श्रेष्ठ र जयन्त श्रेष्ठ तथा ब्याडमिन्टन अफिसियटिङ्ग कोर्षको बारेमा संघका सचिवद्वय समिरबहादुर सिंह र ज्ञानेन्द्र श्रेष्ठले प्रशिक्षण प्रदान गर्ने सहमहासचिव लवभक्त श्रेष्ठले जनाएका छन् ।
कोर्षको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले एक कार्यक्रमविच उद्घाटन गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420