Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

ब्याडमिन्टन : राष्ट्रिय च्याम्पियनको उपाधी प्रिन्स र रशिलालाई

नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ब्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीका प्रिन्स दाहाल र सेनाकी रशिला महर्जन एकल विधामा राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन् । च्याम्पियनका साथ दुवैले नवौं राष्ट्रियको स्वर्ण प्राप्त गरे ।
पोखराको रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको फाईनलमा पुलिसकै खेलाडी बिष्णु कटुवाललाई २१–११, २१–४ ले पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन बनेका हुन् । यस अघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दिपेश धामी राष्ट्रिय च्याम्पियन भएका थिए । लुम्बिनीका ईरफान अन्सारी र सेनाका प्रफुल महर्जनले कास्य पदक प्राप्त गरे ।
महिला एकल तर्फ सेनाकी रशिला महर्जनले सेनाकै अनुमाया राईलाई २२–२०, २१–९ को जित निकाल्दै राष्ट्रिय च्याम्पियनको उपाधीलाई कायम राखिन् । महर्जन आठौं राष्ट्रिय खेलकुदकी विजेता हुन् । पूर्व राष्ट्रिय च्याम्पियन नङ्गशलदेवी तामाङ र सेनाकी अमिता गिरी संयुक्त तेश्रो हुँदै कास्यमा सिमित रहे ।
मिक्स युगल तर्फ नेपाल पुसिलका जीवन आचार्य र निता लम्सालको जोडीले बाजी मारे । उक्त जोडीले सेनाका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१–१२, २१–११ को सहज जित निकाल्दै स्वर्ण हात पार्न सफल भए । गण्डकीका बिशाल खड्का र याम कुमारी गुरुङ्गको जोडी तथा सेनाका सुरोज महर्जन र अमिता गिरीको जोडी तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक प्राप्त गर्न सफल भए ।
महिला युगल तर्फ सेनाले जित हात पार्दै ब्याडमिन्टनमा सेनाका लागि स्वर्ण जोडे । सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले सेनाकै प्राथना देउवा र अनुमाया राईको जोडीलाइ २१–१५, २२–२० को जित निकाल्दै स्वर्ण जितेका हुन् । प्रदेश १ का रोजी राइ र सृष्टि राईको जोडी तथा एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीले कास्य पदक प्राप्त गरे ।
पुरुष युगलमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाइको जोडीलाइ २१–१९, २१–१७ ले पराजित गर्दै सेनाका लागि अर्को स्वर्ण जिते । तेश्रो स्थानमा पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडी तथा गण्डकीका बिधान अधिकारी र भुगोल गुरुङ्गको जोडी रहे ।
यस संगै नेपाली सेनाले ब्याडमिन्टनबाट ७ मध्ये ५ स्वर्ण जितेको छ । नेपाल पुसिलसे २ स्वर्ण हात पा¥यो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464