ब्याडमिन्टन : राष्ट्रिय च्याम्पियनको उपाधी प्रिन्स र रशिलालाई

नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ब्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीका प्रिन्स दाहाल र सेनाकी रशिला महर्जन एकल विधामा राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन् । च्याम्पियनका साथ दुवैले नवौं राष्ट्रियको स्वर्ण प्राप्त गरे ।
पोखराको रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको फाईनलमा पुलिसकै खेलाडी बिष्णु कटुवाललाई २१–११, २१–४ ले पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन बनेका हुन् । यस अघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दिपेश धामी राष्ट्रिय च्याम्पियन भएका थिए । लुम्बिनीका ईरफान अन्सारी र सेनाका प्रफुल महर्जनले कास्य पदक प्राप्त गरे ।
महिला एकल तर्फ सेनाकी रशिला महर्जनले सेनाकै अनुमाया राईलाई २२–२०, २१–९ को जित निकाल्दै राष्ट्रिय च्याम्पियनको उपाधीलाई कायम राखिन् । महर्जन आठौं राष्ट्रिय खेलकुदकी विजेता हुन् । पूर्व राष्ट्रिय च्याम्पियन नङ्गशलदेवी तामाङ र सेनाकी अमिता गिरी संयुक्त तेश्रो हुँदै कास्यमा सिमित रहे ।
मिक्स युगल तर्फ नेपाल पुसिलका जीवन आचार्य र निता लम्सालको जोडीले बाजी मारे । उक्त जोडीले सेनाका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१–१२, २१–११ को सहज जित निकाल्दै स्वर्ण हात पार्न सफल भए । गण्डकीका बिशाल खड्का र याम कुमारी गुरुङ्गको जोडी तथा सेनाका सुरोज महर्जन र अमिता गिरीको जोडी तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक प्राप्त गर्न सफल भए ।
महिला युगल तर्फ सेनाले जित हात पार्दै ब्याडमिन्टनमा सेनाका लागि स्वर्ण जोडे । सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले सेनाकै प्राथना देउवा र अनुमाया राईको जोडीलाइ २१–१५, २२–२० को जित निकाल्दै स्वर्ण जितेका हुन् । प्रदेश १ का रोजी राइ र सृष्टि राईको जोडी तथा एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीले कास्य पदक प्राप्त गरे ।
पुरुष युगलमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाइको जोडीलाइ २१–१९, २१–१७ ले पराजित गर्दै सेनाका लागि अर्को स्वर्ण जिते । तेश्रो स्थानमा पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडी तथा गण्डकीका बिधान अधिकारी र भुगोल गुरुङ्गको जोडी रहे ।
यस संगै नेपाली सेनाले ब्याडमिन्टनबाट ७ मध्ये ५ स्वर्ण जितेको छ । नेपाल पुसिलसे २ स्वर्ण हात पा¥यो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309