भट्टराईको संयोजकत्वमा छानबिन उपसमिति गठन

काठमाडौं, भदौ ३ गते ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले बोर्ड सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा ५ सदस्य छानबिन उपसमिति गठन गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले आजै भट्टराईलाई संयोजकको जिम्मेवारी दिएको पत्र हस्तान्तरण गरे । उपसमितिको सदस्यमा तालिम तथा प्रशिक्षण बिभागका प्रमुख अर्जनवहादुर बिक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानुन शाखा प्रमुख नारायण राज अर्याल र लेखा अधिकृत पासङफिञ्जी शेर्पा रहेका छन् ।
उपसतितिले १३औं साग सन्दर्भमा ब्याडमिन्टन खेलका खेलाडीहरुले जुत्ता नपाएको, खेल पोशाक र खेल सामाग्री गुणस्तर नभएको भनि राखेपका सदस्य सुभाष श्रेष्ठले जनता टेलिभिजनमा दिएको अन्तर्वातालाई उल्लेख गदै युवा तथा खेलकुद मन्त्रालयको मिति २०७७ श्रावण २९ को पत्र बमोजिम के कसो भएको हो सो बिषयमा छानबिन गर्न निर्देशिन भएकोमा सम्पूर्ण अधिकार सहित सत्य तथ्य पत्ता लगाई २१ दिन भित्र छानबिन गरि रिपोर्ट बुझाउन पत्रमा उल्लेख छ । सोही उपसमितिले सातदोबाटो स्थित अन्तराष्ट्रिय खेल परिसरमा रुख कटान गरिएको सम्बन्धमा पनि छानबिन गरि रिपोर्ट बुझाउने जिम्मेवारी पाएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373