भलिबलमा प्रतिभावन खेलाडीको घोषणा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावन खेलाडीको घोषणा कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलमा २४ खेलाडीको छनोट गरेको छ । त्यसमा समान १२–१२ पुरुष÷महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन् ।
खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ खेलाडीको छनोट गरिएको भट्टले जानकारी दिए ।
राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिक रुपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए । सदस्य–सचिव सिलवालले भलिबलमा देशका लागि योगदान दिने खेलाडी उत्पादन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
सहभागीलाई प्रशिक्षक भट्टसहित अर्का प्रशिक्षक लालबहादुर बटालाले प्रशिक्षण दिने छन् । पहिलो चरणमा छ महिनासम्म खेलाडीलाई कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420