भलिबल खेलाडीलाई पुरस्कार सिफारिस
काठमाडौं, साउन २६,
राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिवल प्रतियोगितामा द्धितीय भएका खेलाडीहरुलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सफारिस गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउने छन । यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख बीस हजार नगद पुरस्कार पाउने छन् ।
फेसबुक प्रतिक्रिया