भानुभक्तमा गोजुरियो कराते

भानुभक्त मेमोरियल उमाविको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय तथा नवौं राष्ट्रिय गोजुरियो ओसिकाई कराते प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा जम्मा ४ सय ३५ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक ध्रुवबहादुर क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
राष्ट्रिय प्रतियोगितामा पाँच विकास क्षेत्रका खेलाडी सहभागी हुनेछन् । पहिले राष्ट्रिय प्रतियोगिता हुनेछ र त्यसमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागिताको अवसर पाउने छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, मलेसिया, माल्दिभ्स र सिंगापुर सहभागी हुने बताइएको छ । तीनदिने प्रतियोगिताका खेलहरु पानीपोखरीस्थित आयोजककै हातामा हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373