भारोत्तोलनको ओलम्पिक सोलिडारिटी सम्पन्न

नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल भारोत्तोलन संघको आयोजनामा भारोत्तोलनको आईओसी ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।
सहभागीलाई एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमाल, भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । चारदिने कोर्षमा विभिन्न १६ जिल्लाका ३९ प्रशिक्षक सहभागी थिए ।
सहभागीलाई अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघका विज्ञ अलामस्या विजया (Alamsyah Wijaya) ले प्रशिक्षण दिएका थिए । इन्डोनेसियाका विजयाले बायो मेकानिक्स, न्युट्रिसन, प्रशिक्षण विधि, कार्यालय व्यवस्थापन, परिवर्तित नियमलगायतका विषयमा जानकारी गराएका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309