Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

भारोत्तोलन : ओलम्पियन कमललाई स्वर्ण

नेपाली सेनाका कमलबहादुर अधिकारीले पुरुष ६७ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । ओलम्पियन कमलले स्नाचमा ९५ केजी क्लिन एण्ड जर्कमा १३० केजी गरि कुल २२५ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । सेनाकै मुक्तिराम घलेले स्नाचमा ९० केजी, क्लिन एण्ड जर्कमा ११९ गरि कुलमा २०९ केजी भारका साथ रजत पाए । यस्तै सुदूरपश्चिमका अशोक सिंह भण्डारीले स्नाचमा ९२ केजी, क्लिन एण्ड जर्कमा ११६ केजी गरि कुल २०८ केजी भारका साथ कास्य प्राप्त गरे ।


आजै सम्पन्न महिला नेपाल प्रहरीकी टिकामाया गुरुङ्गले स्वर्ण हात पारिन् । टिकाले स्नाचमा ६० केजी, क्लिन एण्ड जर्कमा ८० केजी गरि कुल १४० केजी तौल भारका साथ स्वर्ण जितेकी हुन् । दोश्रो स्थानमा सेनाकी प्रभा थारु रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७१ केजी भारका साथ कुलमा १२९ केजीका साथ रजत प्राप्त गरिन् । लुम्बिनीकी कृष्णकला बिष्टले स्नाचमा ५६ केजी, क्लिन एण्ड जर्कमा ७२ केजी गरि कुल १२८ केजी तौलका साथ कास्य पाईन् ।

महिला ५९ केजी तौलमा नेपाली सेनाकी कमला श्रेष्ठले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ८५ केजी गरि कुल १५३ केजी तौल भार बहन गरिन् । पुलिसकी देवी कुमारी चौधरीले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७० केजी गरि कुल १२८ केजी भारका साथ रजत र सेनाकी अश्मिता पुलामी मगरले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ७० केजी गरि कुल १२३ केजी भारका साथ कास्य पाईन् ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकास कुसारीले पदक वितरण गरेका थिए ।

पोखरा उद्योग वाणिज्य संघको हलमा सोमबार राति सम्पन्न पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्वर्ण जितेका हुन् । उनले स्न्याचमा ९० र क्लीन एण्ड जर्कमा १०७ गरी कुल १९७ केजी भार बहन गर्दै सुदूरपश्चिमलाई भारत्तोलनबाट पहिलो स्वर्ण दिलाएका हुन् ।

यस्तै, नेपाल पुलिसका अशोककुमार साहले रजत र एपिएफका राहुलकुमार दासले कास्य जिते । अशोकले स्न्याचमा ८१ र क्लीन एण्ड जर्कमा १०८ गरी कुल १८९ र राहुलले स्न्याचमा ८३ र क्लीन एण्ड जर्कमा १०५ गरी कुल १८८ केजी भार बहन गरेको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले बताए । त्यसअघि, सोमबार नै सम्पन्न ३ खेलमा नेपाल आर्मीले २ र नेपाल पुलिसले १ स्वर्ण थपेका थिए । हालसम्म सम्पन्न ८ इभेन्टतर्फ विभागीय टिम नै हावी छन् । जसमध्ये पुलिसले ४, आर्मीले ३ र सुदूरको १ स्वर्ण आएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464