भारोत्तोलन टोली जोर्डन जाँदै

तेश्रो एफ्रो एसियन भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली भारोत्तोलन टोली बुधबार जोर्डनको अमान प्रस्थान गर्दैछ ।
सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको महिला ५८ केजीमा १२ औं सागमा नेपाललाई पहिलो पदक दिलाएकी देवी चौधरीले प्रतिस्पर्धा गर्नेछिन् । सागमा भने देवीले ५३ केजीमा प्रतिस्पर्धा गर्दै कांस्य पदक जितेकी थिइन् ।
टिम प्रशिक्षकमा तिलक राउत रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309