भावना र विपना फाइनलमा

भावना सुनवार र विपना ब्लोन धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा भावनाले सपना ब्लोनलाई ११–२, ११–६ र ११–३ तथा विपनाले कृष्ण थापालाई ८–११, ११–६, ११–९ र १२–१० को सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा प्रवीणवीरसिंह कंशाकारले सुरज श्रेष्ठलाई ११–६, ११–३ र १२–१० ले हराउदै अमृत थापा मगरसंग सेमिफाइनल भेट पक्का गरे । अर्को सेमिफाइनल हीराबहादुर थापा र अरहान्तकेशर सिंहबीच हुनेछ ।
जुनियर यु–१७ ब्वाइज सिंगल्समा दीपक थापाले विक्रम मगरलाई ११–६, ११–९, ७–११ र ११–९ तथा अमिर ब्लोनले विजय मगरलाई ११–४, ११–८ र ११–६ ले पाखा लगाउदै फाइनलमा पुगे ।
सोही स्पर्धाको यु–१३ उमेरसमूहमा सुवास गिरी र गेल्जी तामाङले उपाधि भिडन्त पक्का गरे । सुवासले गोपाल थापालाई ११–९, ११–७ र ११–५ तथा गेल्जीले रन्जित थापालाई १०–१२, ११–९, ११–४ र ११–४ ले पन्छाए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309