भीम पहिलो
परदेशमा होइन स्वदेशमा युवालाई रोजगर घरघरमा’ भन्ने नारासाथ अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आयोजित दौड प्रतियोगितामा भीम भण्डारी शुक्रबार पहिलो भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आयोजित प्रतियोगितामा आवास योञ्जन दोश्रो तथा सुकबहादुर गुरुङ तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई भौतिक पूर्वाधार तथा निर्माण मन्त्री रमेश लेखकले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको उद्घाटन पनि मन्त्री लेखकले नै गरेका थिए । तीनकुनेदेखि सुरु भएको दौड माइतीमा पुगेर सम्पन्न भएको थियो । ३ सय प्रतिस्पर्धीले भाग लिएको आयोजकले जनाएको छ ।
फेसबुक प्रतिक्रिया