भेट्रान एथलेटिक्स खेलाडीलाई बिदाई

मित्र राष्ट्र दक्षिण कोरियाको देगु सहरमा आयोजना हुने बिश्व मास्टर्स इन्डोर एथलेटिक्स च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने नेपाली भेट्रान एथलेटिक्स टोलीलाई बुधबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय खेल परिसर, सातदोवाटोमा बिदाई गरे ।
भैरव शाहीको नेतृत्वमा कोरिया तर्फ जाने टोलीमा यज्ञलाल श्रेष्ठ (६० मि. हर्डल्स), बिश्व रत्न मानन्धर (३ हजार मि. रेस वाक), मनिष जोशी (६० मि.), रामकृष्ण आले मगर (ज्याभ्लिन), शिवहरी खनाल (८ कि.मि. क्रसकन्ट्रि), कृष्ण कुमार श्रेष्ठ (सटपुट), कुमार बाबु श्रेष्ठ र सोम कुमारी जोशी (६० मि.), नरेन्द्र मान श्रेष्ठ (२०० मि.), भिमसेन अवाले ( हाफ म्यारथन र ८ कि.मि. क्रसकन्ट्रि), रमेश महर्जन (८ कि.मि. क्रसकन्ट्रि र २०० मि.), निरोज महर्जन ( हाफ म्याराथन), मदन महर्जन (८ कि.मि.क्रसकन्ट्रि), विकास श्रेष्ठ (सटपुट) र सुरज ब्यञ्जनकार पत्रकार रहेका छन् ।
चैत्र ६ देखि १२ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा पहिलो पटक ७४ बर्षका खेलाडी यज्ञलाल श्रेष्ठले ६० मि. हर्डल्समा प्रतिस्पर्धा गर्न लागेको नेपाल भेट्रान एथलेटिक्स कमिटिले जनाएको छ ।
बिदाई कार्यक्रममा कमिटिका उपाध्यक्ष रुपाल शमसेर राणा, सविच शशी सुवेदी लगायत पदाधीकारीको सहभागीता रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309