मन्त्री मनाङ्गेको भनाईप्रति राखेपको भत्सर्ना

प्रेस विज्ञप्ति
गण्डकी अन्लाइन न्युज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा गण्डकी प्रदेश सांसद एवं नवनियुक्त भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङज्यू बाट अभिव्यक्त भएको अराजक एवं अशिष्ट भनाइबाट राष्ट्रिय खेलकुद परिषद् स्तब्ध भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालज्यू तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङज्यूको नाम लिएर अत्यन्त अमर्यादित अशोभनिय लाल्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खाल्को अभिब्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्रीज्यू बाट बाहिर आउनु आफैमा खेदजनक रहेको छ ।
खेलकुद विकास र विस्तारमा अनवरत लागि रहनु भएका परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालज्यू तथा सदस्य राजेश गुरुङज्यू उपर यस्ता अभिब्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको महशुस भएको छ ।
अतः माननीय मन्त्रीज्यूबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिब्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानून बमोजिम कानूनी कार्वाहीको समेत माग गर्दछौं ।

(पुरेन्द्रविक्रम लाखे)
निमित्त सदस्य–सचिव
राष्ट्रिय खेलकुद परिषद्
त्रिपुरेश्वर, काठमाडौं ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373