मन्त्री लामाको स्वागत, विश्वकर्माको बिदाई

नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गर्नु भएको छ । सिंहदरवार स्थित युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोईराला, राखेप सदस्य–सचिव रमेश कुमार सिलवाल, नेपाल स्काउटका प्रमुख लोकवहादुर भण्डारी, राखेप सदस्यहरु, मन्त्रालयका सह सचिव, उपसचिव, राखेप बिभागिय प्रमुखलगायतले आईतवार स्वागत गर्नु भएको थियो । स्वागतका अवसरमा मन्त्री लामाले खेलकुदको विकास र खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि तत्कालिन, मध्यकालीन र दिर्धकालिन योजना ल्याउने बताउनु भयो । मन्त्री लामाले आईतवार खेलाडीको जिवन बृद्धि सम्बन्धी फायलमा हस्ताक्षर गरेर आफ्नो कार्य प्रारम्भ गर्नु भयो । यस अघि मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत बाहदुर सुनार(बिश्वकर्मा) लाई बिदाई गरेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420