महासचिव केसी सम्मानित

नेपाल कराते महासंघका महासचिव हरिशरण केसी शनिबार सम्मानित भएका छन् । केसीलाई नेपाल वादोरियो कराते डो संघअन्तर्गतको ब्ल्याक वेल्ट कमिटीले सम्मान गरेको हो ।

 फागुन १५ गते अस्तित्वमा रहेका दुई कराते महासंघलाई पुनर्गठन गरी एकीकरण गरिएपछि केसीले पुनः महासचिवको जिम्मेवारी पाएका थिए । एकीकरण अघि केसी राष्ट्रिय मान्यता प्राप्त कराते महासंघका महासचिव नै थिए ।

ब्ल्याक वेल्ट कमिटीका अध्यक्ष सूर्य राईलगायतले केसीलाई खादा र फुलमाला लगाइ कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । केसी वादोरियो कराते संघका अध्यक्ष पनि हुन् ।सम्मान कार्यक्रमबीच नेपाल कराते महासंघको संशोधन गर्न लागिएको विधानमा वादोरियो कराते संघबाट सुझाव दिन छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373