महिला क्रिकेटः डेब्युमै पुलिसलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा नेपाल पुलिसले डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको फाइनलमा पुलिसले अर्को विभागीय क्लव एपिएफलाई पाँच रनले पराजित गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८९ रन बनाएको थियो । पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाइन् । त्यस्तै सम्झना खड्काले २१ रन, कविता जोशीले नटआउट १३ रनको योगदान गर्दा कविता कुँवरले ११ रन बनाइन् । एपिएफका लागि नेरी थापा, इन्दु वर्मा र कप्तान सिता रानामगरले एक एक विकेट लिइन् ।
९० रन पछ्याएको एपिएफले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८४ रन मात्र बनायो । एपिएफका लागि रोमा थापाले सर्वाधिक २६ रन बनाउँदा राजमति ऐरिले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । पुलिसलई जित दिलाउन इश्वरी विष्टले दुई तथा रुबिना क्षेत्री, सगिंता राई र हिरनमयी रोयले एक एक विकेट लिइन् ।
यस्तै आज तेस्रो स्थानको लागि भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गर्दै काश्य पदक जितेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309