महिला क्रिकेट टोली बैंकक प्रस्थान

काठमाडौं, मंसिर ८ गते ।
महिला एसिया कप– २०१६ मा सहभागी हुन नेपाली महिला क्रिकेट टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
खेलाडीहरुमा रुविना क्षेत्री (कप्तान), सीता राना मगर (उप कप्तान), नीरा राजोपाध्याय, करुणा भण्डारी, रोशनी बोहरा, ज्योति पाण्डे, रश्मी शर्मा चौलागाईं, सबनम राई, संगीता राई, काजल श्रेष्ठ, नेरी थापा, सरस्वती चौधरी, शोभा आले, सरिता मगर र इन्दु बर्मा छन् ।
टिम व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य यामकुमारी (अस्मिता) गुरुङ, प्रशिक्षकमा राजु बस्न्यात तथा टिम एनालिस्टमा रमन सिवोकाटी रहेका छन् । फिजियो थाइल्यान्डमै व्यवस्था गरिएको बताइएको छ ।
नोभेम्बर २६ देखि डिसेम्बर ५ तारिखसम्म हुने सिंगल राउन्ड रोविन प्रतियोगितामा नेपालसहित ६ राष्ट्र सहभागी छन् । पहिलो खेलमा नेपालले पाकिस्तान विरुद्ध नोभेम्बर २६ मा खेल्नेछ । त्यस्तै नेपालले २८ मा श्रीलंका, २९ मा बंगलादेश, डिसेम्बर १ मा थाइल्यान्ड तथा २ मा भारत विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै राखेप सदस्य–सचिव केशवकुमार विष्टले नक्सालमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373