Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

महिला क्रिकेट सुरु, एपिएफ र पूर्वाञ्चल विजयी

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको राष्ट्रिय महिला क्रिकेट छनोट प्रतियोगिताको पहिलो दिन सशस्त्र प्रहरी बलको एपिएफ क्लब र पूर्वाञ्चल टिम विजय भएका छन् ।
२०÷२० को फरम्याटमा खेलाईएको पहिलो खेलमा नेपाल एपिएफ क्लबले मध्यमाञ्चल टिममाथी ६ विकेटको जित हात पा¥यो । टस जितेर पहिलो ब्याटिङ्ग रोजेको मध्यमाञ्चलले १६ ओभरको खेलमा ८ विकेटको क्षतीमा ३९ रन मात्र जोड्न सफल भयो । मध्यमाञ्चलकी शोभा आले २८ बलको सामना गर्दै १२ रन जोडिन् भने शारदा वाग्लेले २८ बल खेल्दै १ चौकाको मद्धतले १२ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङ्ग तर्फ एपिएफकी म्यान अफ द वुमन सरिता मगरले ३ ओभरमा २ विकेट लिंदै ४ रन, करुणा भन्डारीले ३ ओभर फाल्दै २ विकेट ८ रन, निरा राजोपाध्यायले ३ ओभरमा ९ रन दिंदै २ विकेट र रितु कनौजियाले ३ ओभरमा एक मेडन सहित ४ रन दिंदै १ विकेट लिईन् ।
४० रनको लक्ष लिएर मैदानमा उत्रेको एपिएफले ८.१ ओभर खेल्दै ४ विकेटको क्षतीमा लक्ष भेटायो । एपिएफको लागि विकेट किपर ज्याती पाण्डेले २० बलमा २ चौका सहित १६ र कप्तान विनु बुढामगरले ९ बलमा एक चौका सहित ९ रन जोडे ।
मध्यमाञ्चलकी रोजी कडारीले ३ ओभरमा १६ रन दिंदै २ विकेट र अश्मिता कर्माचार्यले ३ ओभरमा ११ रन दिंदै १ विकेट लिईन् ।
दोश्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ९ विकेटले पराजित ग¥यो । पहिलो ब्याटिङ्ग गरेको पश्चिमाञ्चलका बर्षा राना र सरस्वती पुनले क्रमश १६ र ११ रनको मद्धतले १८.२ ओभरमा सवै विकेट गुमाउंदै ३८ रन जोड्यो ।
पूर्वाञ्चलको लागि म्याच अफ द प्लेयर सरस्वती चौधरीले ३ ओभरमा २ मेडन सहित ४ रन दिंदै ४ विकेट लिईन् ।
३९ रनको लक्ष सहित मैदानमा उत्रेको पूर्वाञ्चलले काजोल श्रेष्ठको २१ रन र रश्मि शर्माको १३ रनको मद्धतले ८ ओभर १ बलमा १ विकेटको क्षतीमा लक्ष पुरा ग¥यो ।
पश्चिमाञ्चलकी शिमा थापाले ३ ओभरमा १६ रन दिंदै १ विकेट लिईन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464