महिला क्रिकेट सुरु, एपिएफ र पूर्वाञ्चल विजयी

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको राष्ट्रिय महिला क्रिकेट छनोट प्रतियोगिताको पहिलो दिन सशस्त्र प्रहरी बलको एपिएफ क्लब र पूर्वाञ्चल टिम विजय भएका छन् ।
२०÷२० को फरम्याटमा खेलाईएको पहिलो खेलमा नेपाल एपिएफ क्लबले मध्यमाञ्चल टिममाथी ६ विकेटको जित हात पा¥यो । टस जितेर पहिलो ब्याटिङ्ग रोजेको मध्यमाञ्चलले १६ ओभरको खेलमा ८ विकेटको क्षतीमा ३९ रन मात्र जोड्न सफल भयो । मध्यमाञ्चलकी शोभा आले २८ बलको सामना गर्दै १२ रन जोडिन् भने शारदा वाग्लेले २८ बल खेल्दै १ चौकाको मद्धतले १२ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङ्ग तर्फ एपिएफकी म्यान अफ द वुमन सरिता मगरले ३ ओभरमा २ विकेट लिंदै ४ रन, करुणा भन्डारीले ३ ओभर फाल्दै २ विकेट ८ रन, निरा राजोपाध्यायले ३ ओभरमा ९ रन दिंदै २ विकेट र रितु कनौजियाले ३ ओभरमा एक मेडन सहित ४ रन दिंदै १ विकेट लिईन् ।
४० रनको लक्ष लिएर मैदानमा उत्रेको एपिएफले ८.१ ओभर खेल्दै ४ विकेटको क्षतीमा लक्ष भेटायो । एपिएफको लागि विकेट किपर ज्याती पाण्डेले २० बलमा २ चौका सहित १६ र कप्तान विनु बुढामगरले ९ बलमा एक चौका सहित ९ रन जोडे ।
मध्यमाञ्चलकी रोजी कडारीले ३ ओभरमा १६ रन दिंदै २ विकेट र अश्मिता कर्माचार्यले ३ ओभरमा ११ रन दिंदै १ विकेट लिईन् ।
दोश्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ९ विकेटले पराजित ग¥यो । पहिलो ब्याटिङ्ग गरेको पश्चिमाञ्चलका बर्षा राना र सरस्वती पुनले क्रमश १६ र ११ रनको मद्धतले १८.२ ओभरमा सवै विकेट गुमाउंदै ३८ रन जोड्यो ।
पूर्वाञ्चलको लागि म्याच अफ द प्लेयर सरस्वती चौधरीले ३ ओभरमा २ मेडन सहित ४ रन दिंदै ४ विकेट लिईन् ।
३९ रनको लक्ष सहित मैदानमा उत्रेको पूर्वाञ्चलले काजोल श्रेष्ठको २१ रन र रश्मि शर्माको १३ रनको मद्धतले ८ ओभर १ बलमा १ विकेटको क्षतीमा लक्ष पुरा ग¥यो ।
पश्चिमाञ्चलकी शिमा थापाले ३ ओभरमा १६ रन दिंदै १ विकेट लिईन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309