महिला फुटवल वालिङ
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार वालिङमा भएको महिला फुटबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ ।
मंगलबार भएको समेमिफाईनलको पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो ।
खेलको १३ आँै मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडीको यात्रा तय गराएकी थिईन् ।
लगत्तै खेलको १९ औँ मिनेटमा निर्मला वि.क ले दोस्रो गोल गरिन् भने ८० औँ मिनेटमा निर्मला उपाध्यले तेस्रोे गोल गरिन ।
यस्तै मंगलबार भएको दोस्रो खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
खेलको लामो समयपछि दोस्रो हाफको ५६ औँ मिनेटमा एपिएफकी खेलाडी सावित्रा भण्डारीले एक गोल गर्न सफल भएकी थिईन् ।
फाईनल खेल भने विहिबार विहान नौ बजेदेखि हुने आयोजकले जानकारी गराएको छ ।
फेसबुक प्रतिक्रिया