महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
भलिवलप्रेमी दर्शकको भिडका बिच भएको भएको गण्डकीले सुदुरपश्चिम प्रदेश माथि  २५–१८, २५–०८, २५– २२ को जित निकालेको थिए । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिईन । भने सुदुरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिईन ।
महिला भलिबलमा सात प्रदेश ३ विभागिय नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका टीमका खेलाडीहरूको सहभागिता रहेको थियो । शुक्रबार महिला भलिबल अन्तरगत तीन खेल हुदै छन् । असोज २८ गते शुक्रबार बिहान ८ बजे समुह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समुह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लव र लुम्बिनी बिच हुने महिला भलिबल प्रतियोगिताका संयोजक याम बहादुर गुरुङले जानकारी दिए ।
महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए । खेलाडीको स्वागतमा बेनी बजारमा बाजागाजा, झाँकी सहितको ¥याली निकालिएको थियो ।
पुरुष फुटबलमा एनआरएनए र बागमतीको बिजयी शुरुवात

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309