महिला भलिवलमा एपीएफ, पुलिस, बागमति र गण्डकी सेमिफाईनलमा
नवौं राष्ट्रिय खेलकुदमा महिला भलिवल प्रतियोागितातर्फ एपीएफ, पुलिस, बागमति र गण्डकी प्रदेश सेमिफाईनलमा प्रवेश गरेको छ ।
म्याग्दीको बेनीमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेशलाई हराएको हो ।
यस्तै बागमतीले २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिमलाई हराएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिसले त्रिमुवन आर्मी क्लबलाई ३–२ को सेटमा हरायो । पुलिसले २५–१३, २५–२०, २३–२५ १४–२५ र १५–१३ को सेटमा हराएको हो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा गण्डकी प्रदेशले २५–१०, २५–१० र २५– १७ को सेटमा प्रदेश १ लाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी, नेपाल पुलिस क्लबकी टिम क्याप्टेन कमला पुन र प्रदेश १ की पुर्णीमा राई घोषित भइन् ।
मंगलबार दुई सेमिफाईनल हुने छन् । पहिलो सेमिफाईनलमा एपीएफ र बागमती प्रदेश तथा दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भिड्दै छन् ।
फेसबुक प्रतिक्रिया