Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

माघको तेश्रो साता पोखरामा राष्ट्रिय भलिवल

पर्यटकीय नगरी पोखरामा माघको तेश्रो साताबाट महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना, कास्की जिल्ला खेलकुद विकास समितिको ब्यबस्थापन र सृजना विकास केन्द्रको मुख्य प्रायोजनमा माघको १८ गतेदेखी २२ गतेसम्म महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेपाल भलिवल संघको स्विकृतिमा आयोजनामा हुने प्रतियोगितामा पश्चिमाञ्चल भलिवल संघ र जिल्ला भलिवल संघ कास्की सहयोगीको रुपमा रहेको छ ।
प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एफिएफ क्लव, न्यू डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस् क्लव र आयोजकको तर्फबाट पश्चिमाञ्चल भलिवल संघले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
लिगकम नकआउटको आधारमा हुने खेल पोखरा रंगशालामा हुनेछ । रंगशालाभित्र निर्माण भईरहेको भलिवल टे«निङ सेन्टरमा अस्थायी भलिवल कोर्ट निर्माण गरी रबर म्याट राखेर खेल खेलाईने पौडेलले बताए ।

सृजनाले ७ लाख दिने
प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजक सृजना विकास केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र सृजना विकास केन्द्रबीच प्रतियोगितामा मुख्य प्रायोजन गर्नेबारे सम्झौता भएको हो । सम्झौता पत्रमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तर्फबाट समितिका अध्यक्ष खगराज पौडेल र सृजना विकास केन्द्रको तर्फबाट केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै केन्द्रका अध्यक्ष श्रेष्ठले भलिवल खेलको विकासका लागि मुख्य प्रायोजन गरेको बताउँदै यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने बताए ।
प्रतियोगिताको बिजेतालाई १ लाख ५५ हजार ५ सय ५५ र उपबिजेतालाई ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगितामा विभिन्न विधामा सर्बोत्कृष्ट हुनेलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।
प्रतियोगिताका लागि कुल २५ लाख संकलन र १८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । बचत रकम भलिवल टे«निङ सेन्टर निर्माणमा खर्चिने समितिका अध्यक्ष पौडेलले बताए । प्रतियोगिता हेर्न दर्शकले टिकट काट्नुपर्ने भएको छ । प्रतियोगिताको पहिलो लिग चरणका खेलहरुका लागि एक सय, सेमीफाइनलका खेलहरुका लागि एकसय पचास र फाइनल खेल हेर्नका लागि दुई सय रुपैयाँ टिकटदर तोकिएको उनले जानकारी दिए । टिकटबाट संकलन भएको रकम मध्ये दश प्रतिशत रकम सृजना विकास केन्द्रद्वारा महतगौंडामा सञ्चालित सृजना वालगृहमा आश्रित द्वन्द्व प्रभावित वालवालिकाको लालनपालनमा खर्च गरिने समितिका अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा म्याग्दी बेगखोला घर भई अमेरीका बस्दै आएका याम गर्वुजाले पश्चिमाञ्चल महिला भलिवल संघलाई पठाउनु भएको जर्सी हस्तान्तरण गरिएको थियो । गर्बुजाका तर्फबाट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पश्चिमाञ्चल महिला भलिवल टिमकी कप्तान मञ्जु गुरुङलाई जर्सी हस्तान्तरण गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464