माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले १ वर्षे कार्यकालमा गरेका कामकाे विवरण

वि.सं. २०७४/१२/०२ देखि २०७५/१२/०१ सम्मको कार्य प्रगति विवरणमा आधारित

युवा तथा खेलकुद विकासको एक वर्ष

प्रमुख उपलब्धीहरु

यो एक वर्ष संघीयता कार्यान्वयनको आधार वर्षको रुपमा रहेकोले आवश्यक कानूनहरु निर्माण भइनसक्दा देखिएका कानुनी जटिलता, सीमित श्रोत साधन र दक्ष जनशक्तिको कमीका वावजुद पनि युवा तथा खेलकुदको क्षेत्रमा यस अवधिमा उल्लेखनीय उपलब्धी हासिल भएका छन् । संघीय शासन प्रणाली अनुसार निर्माण गरिएका कानुनी पूर्वाधारहरु, खेलकुद क्षेत्रको विकासका लागि थालनी भएका पूर्वाधार निर्माण, राष्ट्रिय युवा नीति तथा युथ भिजन-२०२५ को योजनाबद्ब कार्यान्वयन, मन्त्रालय र मातहतका निकायहरुको प्रशासनिक सांगठनिक सुधारसम्बन्धी कार्यलाई प्रमुख उपलब्धीको रुपमा लिन सकिन्छ ।

युवा विकास

राष्ट्रिय युवा नीति, २०७२ तथा युथ भिजन-२०२५ ले निर्देशन गरे अनुसार यस मन्त्रालय र अन्तर्गतका निकायहरुबाट युवाको क्षमता, नेतृत्व विकास, रोजगार/स्वरोजगार र उद्यमशीलता कार्यक्रम सञ्चालन गरी युवाको विकास तथा परिचालनमा देहायका उपलब्धीहरु हासिल भएका छन् ।

  • युवाको क्षमता विकासका लागि ९६४ जना युवालाई सीप तथा उद्यमशीलता विकास तालिम, १४२ जना युवालाई लोपोन्मुख परम्परागत सीपसम्बन्धी तालिम, ३०९ जना युवा उद्यमीलाई उद्यमशीलता र वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी तालिम तथा ५००७ जना युवालाई विभिन्न विषयमा परामर्श सेवा प्रदान गरिएको छ ।
  • युवा सशक्तीकरणका लागि युवा उपयोगी सामग्री उत्पादन गरी रेडियो तथा टेलिभिजनमार्फत प्रसारण गरी युवामा सकारात्मक सोच तथा सचेतना जगाउने प्रयास गरिएको छ । युवासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिको जानकारी एवम् युवा जनशक्ति परिचालन सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना तथा सोमा सहभागिता हुँदै आएको छ ।
  • युवालाई परामर्श दिई समाजमा रहेका विविध विकृति एवम् विसंगति विरुद्ध उनिहरुलाई परिचालन गरी सभ्य समाज निर्माणको प्रयास गरिएको छ ।
  • नेपाल स्काउटको संगठन विस्तार एवम् क्षमता अभिवृद्धि गर्दै, स्काउटहरुलाई विपद व्यवस्थापन र स्वयंसेवी कार्यमा परिचालन गरिएको छ ।
  • ४७ जिल्लाका स्वदेशी स्काउट र ६ देशका विदेशी स्काउटहरु गरी ५५६५ जनाको सहभागितामा तेस्रो राष्ट्रिय ज्याम्बोरीको आयोजना गरिएको छ ।
  • मुलुकको आर्थिक समृद्धिमा युवाको सहभागिता बढाउन ६३३ वटा संस्थाहरुसँग कर्जा लगानी सम्झौता गरिएको छ भने रु.२,०९,६९,४०,०००/- कर्जा लगानी भई १७,०८८ जना स्वरोजगार भएका छन् ।
  • १४,७५५ जना व्यवसायीहरुको अनलाइन बीमा भएको छ भने ९१ जना व्यवसायीहरुले गरेको रु.४१,७१,७८०/- बीमा दावी उपरको क्षतिपूर्ति प्रदान गरिएको छ । यस्तै व्याज अनुदानका लागि २४४ वटा संस्थाका 7930 जना व्यवसायीहरुलाई रु.8,07,25,537/- अनुदान निकासा दिएको   छ ।
युवा विकास १४१५ जना युवालाई सीप तथा उद्यमशील विकास तालिम५००७ जना युवालाई परामर्श सेवा६३३ वटा संस्थासँग कर्जा लगानी सम्झौतारु.२,०९,६९,४०,०००/- कर्जा लगानी१७,०८८ जना युवा स्वरोजगार१४,७५५ जना व्यवसायीहरुको अनलाईन बीमा९१ जना व्यवसायीहरुलाई रु. ४१ लाख ७१ हजार ७ सय ८० रुपैया बीमा दाबीको क्षतिपूर्ति रकम प्रदान७९३० जना व्यवसायीहरुलाई रु. ८,०७,२५,५३७/-व्याज अनुदान निकासानेपाल स्काउटको ऐतिहासिक तेस्रो ज्याम्बोरी सफलतापूर्वक आयोजना ५५६५ जना स्काउट तथा स्काउटरको सहभागिता४५४ जना स्काउटलाई विपद् व्यवस्थापन तालिमविभिन्न पर्वहरुमा देशभर १७,११४ जना स्काउट स्वयंसेवकको रुपमा परिचालन१० जना युवा प्रतिभा सम्मान रु. १ लाखमा दरले नगद पुरस्कारयुवाको क्षेत्रमा कार्यरत ४ जना पत्रकारलाई रु ५० हजारका दरले पुरस्कार९१ वटा स्थानीय तहका १२२३ वडाहरूमा युवाक्लब गठन४०२ जना अपाङ्ग युवालाई सहयोग सामग्री वितरण६०८ जना युवालाई पुनर्स्थापना, उपचार तथा सामाजिकीकरण र पारिवारिक पुनर्मिलनको लागि सहयोगतराईका ११ जिल्लाका १८ वटा महिला उद्यम समूहमा आवद्ध रहेका ३६० जना युवा महिलाहरुलाई राष्ट्रपति युवा महिला उद्यम कार्यक्रम अन्तर्गत प्रति समूह ५ लाखका दरले निर्ब्याजी ऋण प्रदानयुवा अनुभव आदानप्रदान कार्यक्रम अन्तर्गत ४८ जना युवाले भारत भ्रमण गरेका र  चीनमा ५० जना तथा श्रीलंकाका लागि २५ जना युवालाई भ्रमणको निमन्त्रणा प्राप्त

 

खेलकुद विकास

खेलकुद क्षेत्रको समग्र विकासका लागि भौतिक संरचना निर्माण तथा स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधारहरु, ७ वटै प्रदेशमा आधुनिक सुविधा सम्पन्न रङ्गशाला निर्माण र ७५३ वटै स्थानीय तहमा खेलग्रामहरु निर्माण गर्ने लक्ष्यका साथ कार्य आरम्भ गरिएको छ । खेलकुद क्षेत्रको रुपान्तरण र विकासका लागि पूर्वाधार निर्माण योजना, नीतिगत र प्रशासनिक सुधार, खेलाडीको वृत्ति विकास, तालिम, प्रशिक्षण, सेवा सुविधा, सम्मान भत्ता, पुरस्कार, प्रोत्साहन, बीमा, नियमित प्रतियोगिता, खेल पर्यटनको विकास, साहसिक खेलको विकास र प्रवर्द्धन, High Altitude Sports Training Center, Sports Academy लगायतका योजनाहरु कार्यान्वयन हुनसक्दा आगामी दिनमा नेपालको खेलकुद क्षेत्रले गुणात्मक फड्को लिने विश्वास लिइएको छ । 

भौतिक पूर्वाधार

  • अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसर (रङ्गशाला) निर्माणका लागि भक्तपुरमा जग्गा प्राप्तिको प्रक्रिया प्रारम्भ भएको छ।
  • काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट मैदानको जग्गा विवाद समाधान भई आगामी २ वर्षमा सम्पन्न हुने गरी निर्माण प्रक्रिया अगाडि वढाइएको छ ।
  • ७ वटै प्रदेशमा आधुनिक सेवा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने नीति अनुरुप प्रदेश नं २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा ३ वटा रङ्गशाला निर्माण कार्य शुरु भएको र अन्य प्रदेशमा भइरहेका रङ्गशालाको स्तरोन्नति कार्य अगाडि बढेको छ।
  • देशका ७५३ वटै स्थानीय तहमा १/१ वटा दीर्घकालीन महत्त्वका खेलग्राम निर्माण गर्नका लागि स्थानीय तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा आएको छ।
  • भूकम्पका कारण क्षतिग्रस्त भएको दशरथ रङ्गशाला लगायतका अन्य संरचनाको पुनर्निर्माण कार्य करिब ८० प्रतिशत पुरा भई निर्माण कार्य सम्पन्न हुने क्रममा रहेका छन् । साथै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ ।
  • प्रदेश नं. ५ को नेपालगञ्ज लगायतका जिल्लामा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धीत खेलका पूर्वाधार निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ ।
  • चालू आ.ब.मा देशका विभिन्न स्थानमा ६ वटा रङ्गशाला, १९ वटा कभर्डहल,  ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्य भैरहेको छ।
  • खेल क्षेत्रका माध्यमबाट नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउन साहसिक तथा पर्यटकीय खेल गन्तव्यहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण तथा उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र (High Altitude Sports Training Center) स्थापनाको कार्य शुरु भएको छ ।
खेलकुद पूर्वाधार निर्माण अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसर निर्माणको लागि भक्तपुरमा १०००-१५०० रोपनी जग्गा प्राप्तिको प्रक्रिया शुरु गरिएको७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने एक/एक वटा आधुनिक सेवा सुविधा सम्पन्न रङ्गशाला निर्माणको थालनी७५३ वटै स्थानीय तहमा १/१ वटा दीर्घकालीन महत्त्वका खेलग्राम निर्माण गर्ने प्रक्रिया आरम्भविगत १३ वर्षदेखिको निर्माणाधिन मूलपानी क्रिकेट मैदानको जग्गा विवादसम्बन्धी समस्या हल । आगामी २.५ वर्षमा निर्माण कार्य सम्पूर्ण रुपले सम्पन्न गर्ने कार्ययोजनाभुकम्पले क्षत विक्षत भएका पौडी पोखरी र शुटिङ्ग रेञ्ज पुन: निर्माण कार्य सम्पन्नदशरथ रङ्गशालाको पुन: निर्माण कार्य करिव ८०% सम्पन्नतेह्रौ सागसँग सम्बन्धित पूर्वाधार निर्माण अन्तर्गत सातदोबाटो कराँते र तेक्वान्दोको आधुनिक कभर्डहल निर्माण कार्य सम्पन्नपोखराको बहुउद्देश्यीय कभर्डहल, आर्चरी, ह्याण्डबल कोर्ट निर्माण कार्य सम्पन्नपोखरा रङ्गशालाको प्यारापिट निर्माण आगामी आषाढ मसान्तसम्म सम्पन्न गर्ने गरी कार्य आरम्भहेटौंडा गौरीटारको स्पोर्टस एकेडेमीमा २ वटा प्रिफ्याव कभर्डहलमा स्टील कोलम, बीम र ट्रस निर्माण कार्य सम्पन्नआठौं राष्ट्रिय प्रतियोगितासँग सम्बन्धित प्रदेश नं. ५ का विभिन्न जिल्लामा निर्माणाधिन पूर्वाधार निर्माण कार्य सम्पन्नको अन्तिम चरणमाचालू आ.ब. मा देशका विभिन्न स्थानमा ६ वटा रङ्गशाला, १९ कभर्डहल, ७ वटा क्रिकेट मैदान, ९० वटा स्थानीय खेल मैदानको निर्माण कार्य चलिरहेको साहसिक तथा पर्यटकीय खेलको विकास र प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन भइरहेको High Altitude Sports Training Center स्थापना गर्ने कार्य शुरु भएकोSports Academy लाई आधिकारिक निकायबाट सम्बन्धन प्राप्त गर्न आवश्यक प्रक्रिया शुरु गरिएको

 

प्रतियोगिता, प्रशिक्षण तथा प्रोत्साहन

अन्तर्राष्ट्रिय पदक तालिकामा नेपालको स्थान वढाउने उद्देश्यसहित प्रतियोगिता, प्रशिक्षण तथा प्रोत्साहनलाई प्राथमिकताका साथ व्यवस्थित गरिएको छ । खेलाडीहरुको खेल कौशल वढाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्था गरिनुका साथै खेलाडीहरुको मनोवल बृद्धिका लागि प्रोत्साहनको व्यवस्था समेत गरिएको छ ।

  • अन्तर्राष्ट्रियस्तरका ३ वटा प्रतियोगिता र राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरु आयोजना भएका छन्।
  • सबै जिल्लाहरुमा गरी १५ हजार जना खेलाडीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ भने १ सय जना खेलाडीलाई वैदेशिक प्रशिक्षण प्रदान गरिएको छ।
  • ओलम्पिक खेलमा सहभागी ५९ जना खेलाडीलाई जनही मासिक ३ हजार र एशियन खेलमा पदक प्राप्त गर्ने १२ जना खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता ८५ जना खेलाडीलाई जनही रु ५ हजारका दरले मासिक भत्ता नियमित रुपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ। साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कृत गरिदैं आएको छ ।
  • सन् २०१८ को अगष्ट १८ देखि सेप्टेम्वर २ सम्म इण्डोनेसियामा सञ्चालन भएको १८ औं एसियन गेममा नेपालबाट २९ खेलमा १८५ खेलाडी (महिला ५६ र पुरुष १२९) सहभागी भई दक्षिण एसियाली देशहरुमा नेपालले दोश्रो स्थान हासिल गरेको छ ।
  • खेलाडीहरुलाई सामाजिक सुरक्षाका लागि बीमाको व्यवस्था गरिएको छ । 
  • खेलाडी तथा खेलसँग सम्बन्धीत व्यक्तिहरुका लागि खेलकुदमा प्रतिवन्धित ‍औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम र जुनियर खेलाडीहरुलाई खेलप्रति लगाव बृद्धि गर्न सिनियर खेलाडीहरुसँग अन्तर्किया कार्यक्रम सञ्चालन गरिएको छ ।
  • खेल संघहरुमा लामो समयदेखि देखिएका विवादहरु समाधान गरी खेलकुदलाई एकतावद्ध र मर्यादित वनाउन विशेष पहल गरिएको छ । फुटवल, कराँते, जिमन्याष्टिक, मोर्डन पेन्टाथोलनको विवाद समाधान भएको छ भने तेक्वान्डो, कुस्ति, क्रिकेट र नेपालको ओलम्पिक कमिटीमा रहेका विवाद तथा समस्या समाधानका लागि आवश्यक पहल कदमी भइरहेको छ ।
खेलकुद प्रतियोगता, प्रशिक्षण र पदक अन्तर्राष्ट्रिय विभिन्न खेलका अन्तर्राष्ट्रियस्तरका ३ वटा प्रतियोगिताको आयोजना र ११ वटा प्रतियोगितामा सहभागिता  १८ औं एसियन गेममा नेपाललाई २० वर्षपछि रजत पदक १८ औं एसियन गेममा दक्षिण एशियाली राष्ट्रहरुमा दोस्रो स्थान विश्व शारीरिक सुगठनमा स्वर्ण पदकदक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपमा रजत पदक जिम्बावेमा भएको विश्व क्वालिफायर खेलबाट नेपालले एक दिवसीय मान्यता प्राप्त गरेपछि संयुक्त अरब इमिरेट्ससँग भएको एक दिवसीय र T-20 श्रृङ्‍खला खेलमा विजय प्राप्त नेपाल र पाकिस्तानबीच भएको टी-२० श्रृंखलामा नेपाली नेत्रहिन महिला क्रिकेट टोली विजयी भारतमा भएको हिरो होण्डा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले रजत पदक भारतको राजस्थानमा भएको आईमास विश्व कराते च्याम्पियनसिपमा स्वर्ण पदक पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा तेश्रो स्थानब्याडमिन्टनको दुबई इन्टरनेशनल सिरिजमा पुरुष एकलमा स्वर्ण पदक मलेसियामा भएको सर्कल कबड्डीमा महिला टोलीले कांस्य पदक राष्ट्रिय विभिन्न खेलका ३१ वटा राष्ट्रियस्तरका प्रतियोगिताहरुको आयोजनाविभिन्न खेलमा १५ हजार खेलाडीलाई प्रशिक्षण१०० जना खेलाडीलाई वैदेशिक प्रशिक्षण

 

कानून निर्माण

पुरस्कार, प्रोत्साहन र सम्मान क्रिकेटका १६ जना खेलाडीलाई जनही रु. ५ लाख र मुख्य प्रशिक्षक १ जनालाई रु. ३ लाख, म्यानेजर, ट्रेनर, फिजियो र व्याटिङ्ग प्रशिक्षक १/१ जनालाई जनही रु. २ लाखका दरले नगद पुस्कारफुटबलका २० जना खेलाडीलाई जनही रु. ३ लाखका दरले नगद पुस्कार१८ औं एशियन गेममा रजत पदक प्राप्त गर्ने पुरुष टिमका ५ जना खेलाडीलाई जनही रु. ५ लाख, प्याराग्लाइडिङ्ग संघलाई रु. ५ लाख, प्रमुख प्रशिक्षकलाई रु. ३ लाख र सहायक प्रशिक्षकलाई रु. १ लाख ५० हजारका दरले नगद पुरस्कार प्रदानविश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता खेलाडीलाई रु. ५ लाख नगद पुरस्कारप्रथम ओलम्पिकमा सहभागी ५ जना र ओलम्पिक खेलमा सहभागी ५९ जना खेलाडीलाई जनही रु. ३ हजार र एसियन खेलमा पदक प्राप्त गर्ने १२ जना खेलाडी तथा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता ८५ जना खेलाडीलाई जनही रु ५ हजारका दरले जम्मा १६१ जना खेलाडीलाई मासिक सम्मान भत्ता नियमित वितरण खेलकुदमा योगदान दिने १० जना प्रतिभावान खेलकुदकर्मीलाई जनही रु. १ लाखका दरले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान खेलकुद पत्रकारिता पुरस्कार २ जनालाई जनही रु. ५० हजार नगद प्रदान

संविधानले अङ्गिकार गरेका सिद्बान्त, मर्म तथा संघीय शासन प्रणाली बमोजिम कानुनी पूर्वाधार तयार गर्न देहायका कार्य सम्पन्न भएको छ ।

ऐन

  • खेलकुदको विकास सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक छलफलका लागि संघीय संसदमा पेश भएको छ ।
  • राष्ट्रिय युवा परिषद ऐन, २०७२ लाई संशोधन गर्न वनेको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश भएको छ ।
  • नेपाल स्काउट सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकको मस्यौदामा अर्थ मन्त्रालयको राय, परामर्श प्राप्त भई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको लागि पठाइएको छ ।
  • युवा तथा साना व्यवसायी स्वरोजगार कोष सम्वन्धमा व्यवस्था गर्नका लागि नयाँ विधेयक तर्जुमा गर्न तयार भएको अवधारणा पत्र सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।
  • स्थानीय सरकार संचालन ऐन, २०७४ मा युवा विकास सम्बन्धी विषय समावेश गरी संशोधन गरिदिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको छ।

नियमावली

  • (सञ्चालन)
  • , २०७५ को मस्यौदा तयार भई अर्थ मन्त्रालयबाट राय, परामर्श प्राप्त भएको छ।

निर्देशिका/कार्यविधि निर्माण/संशोधन

देहायमा उल्लेखित निर्देशिका तथा कार्यविधिहरु तर्जुमा तथा संशोधन भएका छन् ।

  • राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०७५
  • स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०७५
  • स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुदसम्बन्धी शोध कार्यमा सहयोग र प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७५
  • युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५
  • राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८, (तेस्रो संशोधन) २०७५
  • राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ को (दोस्रो संशोधन) २०७५
  • राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (तेस्रो संशोधन) २०७५
  • युवा अनुभव आदानप्रदान कार्यक्रम व्यवस्थापन कार्यविधि, २०७२ को दोस्रो संशोधन
  • , तालिम निर्देशिका, २०७५ ।

संगठनात्मक सुधार

  • संघीय संरचना वमोजिमको मन्त्रालयको संगठन संरचना नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट मिति २०७५/०३/२२ मा स्वीकृत भई लागू भएको छ ।
  • संघीय संरचना वमोजिम राष्ट्रिय खेलकुद परिषद्को संगठन संरचना र दरबन्दी व्यवस्थाका लागि मन्त्रिपरिषद्‍बाट मिति 2075/10/21 मा सैद्धान्तिक सहमति प्राप्त भएको छ ।
  • नेपाल स्काउटको संगठन संरचना निर्माण र दरवन्दी स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा मिति 2075/06/10 मा प्रस्ताव पेश भएको छ ।

सुशासन

सुशासन कायम गर्नका लागि मन्त्रालयले देहाय वमोजिमको पहल गरेको छ ।

  • कार्यसञ्चालनमा मितव्ययिता, पारदर्शिता र निष्पक्षतालाई अवलम्बन गरिएको छ ।
  • मन्त्रालय र अन्तर्गतका निकायहरु प्रदान गरिने पुरस्कार तथा अन्य अवसरहरुमा युवा, खेलाडी, उद्यमी आदि छनौट गर्दा योग्यता र क्षमतालाई विशेष प्राथमिकता दिइएको छ । साथै अवसरहरुको न्यायोचित वितरणमा जोड दिइएको छ । 
  • विभिन्न खेल प्रतियोगिताका नाममा खेलाडीहरु विदेश पलायन हुने तथा खेलाडीका नाममा हुने अवैध क्रियाकलाप रोक्नका लागि विशेष पहल गरिएको छ ।
  • खेलकुदका १८१ वटा राष्ट्रिय संघहरुको अभिलेख (Database) तयारी भई प्रकाशन गरिएको छ ।
  • राष्ट्रिय खेलकुद परिषद्‍को बेरुजु फर्छ्यौट कार्यलाई तीव्रता दिन समिति गठन गरी कार्य अघि बढिरहेको छ ।
कानून निर्माण र सुशासन खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक संघीय संसदमा पेश राष्ट्रिय युवा परिषद् ऐन, २०७२ लाई संशोधन गर्न वनेको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश नेपाल स्काउट सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयकको मस्यौदामा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको लागि पेशयुवा तथा साना व्यवसायी स्वरोजगार कोष सम्बन्धमा व्यवस्था गर्नका लागि नयाँ विधेयक सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको स्थानीय सरकार संचालन ऐन, २०७४ मा युवा विकास सम्बन्धी विषय समावेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको २ वटा नियमावली संशोधनको प्रक्रिया रहेकोविभिन्न ९ वटा निर्देशिका/कार्यविधि निर्माण तथा संशोधनमन्त्रालय तथा मातहतका निकायको संगठन संरचना सुधारखेलकुद संघमा विद्यमान विवाद र समस्या हल गर्ने प्रयास (जिम्न्याष्टिक, कराँते, मोर्डन पेन्टाथलनमा देखिएको विवाद हल तथा तेक्वान्दो, कुस्ती, ओलम्पिक कमिटीको समस्या समाधान हुने क्रममा पहल कदमी भइरहेको)मितव्ययीता, पारदर्शिता, निष्पक्षता, योग्यता, क्षमता र अवसरको न्ययोचित वितरणमा जोडबेरुजु फर्छ्यौटमा जोडखेलाडीको नाममा हुने अवैध गतिविधि रोक्ने प्रयासनीतिगत र प्रशासनिक सुधारमा जोड

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420