मानन्धरको अध्यक्षतामा जोरखाने संघ पुनर्गठन

काठमाडौं, कात्तिक २९ गते ।
सुरेन्द्र मानन्धरको अध्यक्षतामा १३ सदस्यीय नेपाल जोरखाने खेलकुद संघ केन्द्रीय कार्यसमिति पुनर्गठन गरिएको छ । खेलकुद विकास नियम २०४९ को परिच्छेद ३ को नियम १० को खण्ड (ख) र (ग) को प्रावधान अनुसार संघ पुनर्गठन गरिएको हो ।
उपाध्यक्षमा सूर्यबहादुर बुढाथोकी, कृष्ण क्षेत्री र गीता सोडारी, महासचिवमा रवि घिमिरे, सचिवमा बासु अधिकारी तथा कोषाध्यक्षमा केदार बुढाथोकी रहेका छन् । सदस्यमा सपना ढकाल, महेश लामा, ओमनाथ न्यौपाने, राजेश प्रसाईं, मनोज खड्का तथा राष्ट्रिय खेलकुद परिषद्बाट २ प्रतिनिधि छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373