मार्सल सेल्फ डिफेन्सको झण्डा सगरमाथामा फहराउने

नेपाल मार्सल सेल्फ डिफेन्स संघको झन्डा बिश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने भएकोछ ।
पर्वतारोही ल्हाक्पा गेल्बु शेर्पाले उक्त झन्डा बैशाख तेश्रो साता सगरमाथा आरोहणको क्रममा सर्वोच्च शिखरमा फहराउने भएका हुन् । बिहिबार एक कार्यक्रमविच मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य माननिय सांसद कल्पना चौधरी र राष्ट्रिय खेलकुद परिषद प्रशासन प्रमुख सुरेश कुमार ढुङ्गगाना, संघका केन्द्रिय अध्यक्ष डि.बि. रानापालले सगरमाथा आरोही एवं संघका मानार्थ सदस्य ल्हाक्पा गेल्बु शेर्पालाई संघको झन्डा हस्तान्तरण गरे ।
बिश्वको सर्वाेच्च शिखर १२ पटक सफल आरोहण गरिसकेका सोलु निवासी शेर्पाले मे पहिलो साता १३ औं पटक सगरमाथा आरोहण गर्दैछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373