मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

काठमाडौं, असार २५ गते ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं मास्टर्स मिट तथा दोश्रो राष्ट्रिय रेफ्री सेमिनारको सोमबार उद्घाटन गरे । नेपाल वादोरियो कराते डो संघको आयोजनामा कार्यक्रम आइतबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने सोमबार गरिएको हो ।
मास्टर्स मिटमा विभिन्न ५ प्रदेशका २ सय ५० जनाको सहभागिता रहेको नेपाल कराते महासंघका वरिष्ठ उपाधयक्ष समेत रहेका वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन् । पहिलोदेखि पाँचौं डानसम्मका मास्टर्स मिटमा सहभागी छन् । रेफ्री सेमिनारमा पनि ५ प्रदेशका ५० जना सहभागी छन् । कार्यक्रम मंगलबार सम्पन्न हुनेछ ।
बुधाबार वादोरियो कराते संघको साधारण सभा तथा निर्वाचन पनि काठमाडौंमा हुँदैछ । साधारण सभाका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको प्रमुख प्रशिक्षक केसीले जानकारी गराए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373