मन्डे र मुकुन्द्रलाई रजत प्राप्त

फिनल्यान्डको हेलसिन्कीमा भाद्र ४ र ५ गते आयोजना भएको सेईतोकाई खुला कराते च्यालेन्जमा नेपाली कराते खेलाडी मन्डेकाजी श्रेष्ठले रजत र कास्य तथा अर्का खेलाडी मुकुन्द्र महर्जनले रजत पदक प्राप्त गर्न सफल भएको हेलसिन्कीबाट मन्डेकाजीले जानकारी गराएका छन् ।

श्रेष्ठले ७५ केजी तौल समूहमा आयोजक फिनल्यान्डका खेलाडी संग फाइनलमा ७–२ ले पराजित भई रजत पदक प्राप्त गर्न सफल भएका थिए । उनले पहिलो चरणमा वाई पाएर सेमिफाइनल प्रवेश गर्दै अल्जेरियाका खेलाडीलाई ४–२ ले पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए । यस्तै सोही प्रतियोगिताको व्यक्तिगत काता तर्फ मन्डे पहिलो वाउटमा आयोजक फिनल्यान्डका खेलाडीसंग ३–२ को अन्तरमा पराजित भएका थिए । उनले पुनः कास्य पदकको लागि भएको रिपेचर गेममा फिनल्यान्ड र लात्भियाका खेलाडीलाई समान ३–२ अंक प्राप्त गर्दै कास्य पदक हासिल गर्न सफल भएका थिए ।

यस्तै अर्का खेलाडी मुकुन्द्रले पनि ६७ केजी तौल समूहमा पहिलो चरणमा वाई प्राप्त गर्दै सिधै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा अल्जेरियालाई ५–२ले पराजित गर्दै फाईनल पुगेका थिए । फाईनलमा उनी फिनल्यान्डका खेलाडीसंग पराजित भई रजत पदकमा समेटिएका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373