मोर्डन पेन्टाथलनमा श्रेष्ठ निर्विरोध

नेपाल मोर्डन पेन्टाथलन संघको साधारण सभा तथा निर्वाचनले राजु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा मोहनकुमार डाँगीले वरिष्ठ उपाध्यक्ष, शकुन्तला नगरकोटी, गोपाल न्यौपाने, भगवती विष्ट, राजु दर्शन, इन्दिरा निरौला र नारायणप्रसाद पौडेलले उपाध्यक्ष, यादवबहादुर बस्नेतले महासचिव, रितेश श्रेष्ठले उप–महासचिव, यदुकुमार बस्नेत र रचना लाखेमरुले सचिव तथा शैलेन्द्रमान श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाए ।
सुन्दर प्रजापति, ज्ञानेन्द्र श्रेष्ठ, ऋषिराज लहरे र रविकिरण खड्का सदस्यमा चयन भए । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा विभिन्न सयममा भएका अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलनका पदक विजेतालाई सम्मान पनि गरिएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373