मोहनलाई स्वर्ण

काठमाडौं, भदौ २६ गते ।
सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसिपको कातामा मोहन बमले स्वर्ण जितेका छन् । अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहनले अस्टे«लियाकै एडमन्ड युनसंग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन् । मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोश्रो पटक हो ।
भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका मोहनले ६० केजीमुनि तौलसमूहमा भने रजतमा चित्त बुझाए । कुल ९ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा मोहन फाइनलमा ब्रायन जोलीसंग पराजित भए । सोही स्पर्धामा अस्ट्रेलियामै बस्दै आएका अर्का नेपाली जुडो खेलाडी खेमबहादुर थापाले कांस्य जिते ।
मोहन र खेमले अर्को साता अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलियन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्ने बताइएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373