म्याराथनमा गण्डकीका अनिश र एपिएफका बृन्द्रालाई स्वर्ण
एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् ।
अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए ।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दुरी पूरा गरे । सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।
राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो ।
महिला तर्फं एपिएफकी बृन्द्राधन श्रेष्ठले स्वर्ण हात पारिन् । उनले उक्त दुरी २ घन्टा ५७ मिनट २३ सेकेन्डमा पुरा गर्दै स्वर्णमा आफ्नो नाम अंकित गरिन् । दोश्रो स्थानमा रहेकी आर्मीकी बिश्व बुढा मगरले ३ घन्टा ०० मिनट ३५ सेकेन्ड र पुलिसकी रेखा बिष्टले ३ घन्टा १ मिनट ३५ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक जितिन् ।
फेसबुक प्रतिक्रिया