Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

युवराज र स्मृति पहिलो

रामेछापका युवराज लामा र मोरङकी स्मृति कोइराला पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय खुला साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार पहिलो भएका छन् ।
नेपाल दृष्टिविहीन टेबलटेनिस संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा युवराजले ताप्लेजुङका प्रेम लिम्बूलाई ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे । शंखुवासभाका छत्रबहादुर तामाङ र लम्जुङका कुशल न्यौपाने तेश्रो भए ।


चावहिलको मैजुबहालस्थित विश्व शिक्षा सदन विद्यालयमा भएको महिला फाइनलमा स्मृतिले तनहुँकी सनिता भट्टराईलाई २–१ को सेटमा हराइन् । झापाकी सुजाता लिम्बू र तेह्रथुमकी करुण लिम्बू तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ हजार, १ हजार र ५ सय नगद पुरस्कार पाए ।
विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सोही विभागका प्रशासकीय अधिकृत सारङगिन निरौला, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला र महासचिव प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगिताको पुरुषमा १४ र महिलामा ११ खेलाडीले प्रतिस्पर्धा गरेको साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले जनाएका छन् । पारा राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुँदैछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464