Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

यू१५ विद्यालय खेलकुद नेपाली खेलकुदमा नयाँ इतिहास हो : सदस्य सचिव घिसिङ

३० जेठ, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भइरहेको यू१५ विद्यालयक खेलकुद प्रतियोगिता नेपाली खेलकुदमा नयाँ इतिहास भएको बताउनु भएको छ।
बुधबार पोखरा रंगशाला स्थित बहुउदेश्यिय कभर्डहलमा प्रतियोगिताको उद्घाटन समारोहमा सदस्य सचिव घिसिङले विद्यालय स्तरबाटै खेलकुदको विकास गर्न यू१५ विद्यालयक खेलकुदको थालनी गरिएको यो मानक बन्ने बताउनु भयो।
‘इतिहासमा पहिलो पटक १५ वर्षमुनीमा विद्यालयस्तरको प्रतियोगिता आयोजना भइरहेको छ । आ-आफ्नो प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्दै यो पहिलो प्रतियोगितामा आफ्नो नाम राख्न सफल खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र र यहाँहरुको नाम इतिहासमा लेखिसकेको छ, सदस्य सचिव घिसिङले भन्नुभयो- ‘हामीले खेलकुदको विकासको लागि ग्रासरुट अर्थात विद्यालय स्तरका प्रतियोगितालाई गर्ने भनेको दशकौँ भइसकेको छ । के हामीले यसको सधैँ परिभाषा मात्र गरिरहेका छौँ? यसलाई कार्यान्वयन आफैँले जवाफ खोज्ने बेला भएको छ । यसैको तयारी र कोसिस स्वरुप आज यू१५ राष्ट्रिय खेलकुदको थालनी भएको छ ।’
सदस्य सचिव घिसिङले यू१५ विद्यालय खेलकुद नेपाली खेलकुदको जग भएको बताउनु भयो । ‘नेपाली खेलकुदको जग विद्यालय खेलकुदलाई प्रभावकारी ढंगले अगाढि बढाउँदै नयाँ प्रतिभाहरुलाई अवसर दिनुपर्छ । त्यसैले यो खेलको आफ्नै महत्व छ । यसको उदेश्य ठूलो छ ।’
सदस्य सचिव घिसिङले नेपाली खेलकुदमा यू१५ विद्यालय खेलकुदले नेपाली खेलकुदमा नयाँ बेन्चमार्क सेट गर्ने बताउनु भयो । ‘विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थहीरुका लागि हामीले यस पटकदेखि विश्वविद्यालय खेलकुद आरम्भ गरौँ । राष्ट्रपति रनिङ शिल्ड पनि सञ्चालन भइरहेको छ । त्यसैको शृखंलाबद्ध प्रतियोगिता स्वरुप यू१५ विद्यालयक खेलकुद सुरुवात गरेका छौँ । यसलाई पिरामिड शैलीमा गर्दै जानेछौँ ।’
यसलाई भविष्यमा अझ व्यापक रुपमा आयोजना गर्ने सदस्य सचिव घिसिङले बताउनु भयो।
‘विद्यालयबाटै भविष्यका स्टार जन्माउनुपर्छ । बालबालिकालाई खेलकुदको बारेमा बुझाउनुपर्छ भनेर हामी पहिलो पटक यू१५ विद्यालयक खेलकुदको थालनी गरेका छौँ, सदस्य सचिव घिसिङले भन्नु भयो,’यसलाई भविष्यमा निरन्तरा दिँदै अझै बहृत रुपमा आयोजना गर्दै जानेछौँ ।’
राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदले संयुक्त रुपमा पहिलो पटक यू१५ विद्यालयक खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियवगिताको बुधबार पोखरा रंगशालमास्थित बहुउदेश्यीय कभर्डहलमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले औपचारिक उद्घाटन भएको घोषणा गर्नु भएको हो।
मुख्यमन्त्री पाण्डेले सातै प्रदेशका खेलाडीलाई पोखरामा स्वागत गर्दै सबैलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिनी भयो।
यस्तै गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री खगराज अधिकारी, प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव श्रीधर शर्माले यू१५ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यसबाट भविष्यमा राम्रो खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नु भयो।


राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा भइरहेको यू१५ विद्यालय प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, रग्बी र चेस गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ वटै खेलको छात्र र छात्र दुवैमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा हरेक प्रदेशबाट ७६-७६ गरी कूल ५३२ खेलाडी सहभागि छन् । यस्तै हरेक प्रदेशबा६ ८ प्रशिक्षक र ६ व्यवस्थापक गरी एक प्रदेशबाट ९० जना सहभागि भएको आयोजकले जनाएको छ ।
एथ्लेटिक्समा छात्र र छा दुवैको १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सटपुट, लङजम्प र ४ गुणा १०० मिटर रिले गरी कूल १४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
यस्तै ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच-पाँच इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा समान ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
यस्तै समूहगत तर्फ बास्केटलबल र रग्वीमा छात्र र छात्राको टिम इभेन्ट गरी २-२ स्वर्णका लागि खेल हुनेछ । यस्तै बुद्धिचालमा टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत सबै खेलहरु पोखरा रंगशालामा हुनेछ । बुद्धिचालको खेलहरु भने लेकसाइडमा सञ्चालन भइरहेको छ ।
ब्याडमिन्टनको स्पर्धाहरु मंगलबारदेखि नै पोखरा रंगशालको ब्याडमिन्टन कभर्डहलमा भइरहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464