योगेन्द्रले एसियाली कुराँशमा प्रतिस्पर्धा गर्ने
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले इरानको तेहरानमा जुन ६ देखि १० तारिखसम्म हुने १३ औं एसियाली कुराँश च्याम्पियनसिपमा सहभागी हुने ३ सदस्यीय नेपाली टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नु भएको छ ।
प्रतियोगिता इरानको तेहरानमा जुन ६ देखि १० तारिखसम्म हुनेछ । एसियाली प्रतियोगितामा योगेन्द्रको यो पहिलो सहभागिता हो । योगेन्द्र भारतको केरलामा गत अप्रिलमा भएको प्रथम दक्षिण एसियाली कुराँश प्रतियोगिताका स्वर्ण विजेता हुन् ।
खेलाडी
योगेन्द्र विष्ट पुरुष ८१ केजीमुनि
मनोज आचार्य प्रशिक्षक सेमिनारमा सहभागी हुने
जीवन राई एसियाली कुराँस कोंग्रेसमा सहभागी हुने
फेसबुक प्रतिक्रिया