रग्वी टोली दोहा जाँदै

एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली रग्वी टोली मंगलबार कतारको दोहा प्रस्थान गर्दैछ ।
नवीन गिरीको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा कृष्ण क्षेत्री (उप कप्तान), विराट श्रेष्ठ, श्रीराम श्रेष्ठ, प्रेमबहादुर कोइराला, विराटजंग ऐडी, निर्मल लामा, सुनील मल्ल ठकुरी, गजेन्द्रबहादुर राना, अशोक शाही, विक्रम पुरी र सनीश महर्जन रहेका छन् ।
टिम व्यवस्थापकमा गोपाल क्षेत्री, प्रशिक्षकमा हरि तामाङ र फिजियोमा ध्रुव उप्रेती छन् । ध्रुवले मार्च २ मा दोहामै हुने लेभल १ फिजियो फेयर ट्रेनिङमा पनि सहभागिता जनाउने छन् ।
दोहाको एसपायर रग्वी रंगशालामा मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहने बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420