रत्नजित अन्तिम १६ मा

नेपाल नम्बर वान रत्नजित तामाङ अमेरिकाको क्यालिफोर्नियामा जारी योनेक्स युएस ओपन ग्राँपी ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो चरणमा जापानी खेलाडीबाट वाक ओभर पाएका रत्नजितले दोश्रो चरणमा ग्वाटेमालाका खेलाडीलाई १८–२१, २१–१५ र २१–८ को सेटमा पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । प्रिक्वाटरफाइनल प्रवेश गरे संगै रत्नजितले कम्तीमा ७ सय ५० युएस डलर नगद पुरस्कार पक्का गरेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जनाएका छन् ।
अब प्रिक्वाटरफाइनलमा रत्नजितले इज्रायली खेलाडी विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल जिते उनले २ हजार यु एस डलर प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख २० हजार युएस डलर रहेको छ ।
पुरुष डबल्समा भने नेपाली जोडी पराजित भएको छ । रत्नजितले विकास श्रेष्ठसंग मिलेर प्रतिस्पर्धा गरेका थिए । उनीहरु क्यानाडाका जोडीसंग २१–१२ र २३–२१ ले पराजित भए । युएस ओपनमा नेपालले आठ वर्ष पछि सहभागिता जनाएको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420